२८ आश्विन २०८३, बुधबार

मलेसियाको नेपाली दुतावासले जोहोर र पेनाङबाट पनि सेवा दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

niranjan-man-singh-basnet

अर्जुन काफ्ले

मलेसिया । नेपाली राजदुतावास मलेसियाले राजधानी बाहिरका २ स्थानवाट पनि आफ्नो कार्य गर्ने भएको छ ।

मलेसियाको धेरै नेपाली श्रमिक भएको पेनाङ्ग र जोहरबाट कार्य संन्चालन गर्ने भएको नेपाली दुतवास मलेसियाका राजदुत निरन्जनमान सिह वस्न्यातले वताउनु भएको छ ।

नेपाली दुतावासले पेनाङ्गबाट भने यसै हप्ताबाट कार्यालय स्थापना गरेरै काम थालेको वस्न्यातले वताउनुभयो । नेपाली राजदुतवासले अहिले पहिलो चरणमा मिसिन रिडेवल पासपार्टको लागी फर्म संकलन र यात्रा अनुमति पत्र वितरण गर्ने काम गर्ने वस्न्यातले वताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले टाढाबाट राजधानी नै आइपुग्नुपर्ने वाध्यता हटाउन यो प्रयास गरेका छौ।’ मलेसियाको राजधानीमा क्वालालम्पुरमा रहेको राजदुतावासको सेवा अन्य क्षेत्रवाट पाउन लाग्दा नेपाली श्रमिक पनि खुसी देखिएका छन् ।

राजदुत बस्न्यातका अनुसार जोहरमा एक स्थानीय दातु एस कृष्णमलाई सो ठाउँका लागि अवैतानिकदूतमा समेत नियुक्त गरिसकिएको छ । जोहरमा २ लाख र पेनाङ्गमा एक लाख नेपाली श्रीमक कार्यरत रहेको तथ्याङ्ग छ ।

राजदुत बस्न्यातले नेपाल सरकारले राजदुतावासमा कर्मचारी थप गर्न नसक्दा समस्यामा परेको वताउनु भयो । उहाँका अनुसार शुक्रवार, शनिबार र आइतवार मध्ये हप्ताको एक दिन जोहर र पेनाङ्गबाट सेवा प्रदान गरिन लागेको हो ।

लामो दुरीको स्थान भएकाले सानो काम गर्न आउन पनि धेरै खर्च भइरहेकाले नेपाली श्रमिकै हितमा यो काम थालिएको बताउनुभयो । राजदुत बस्न्यातले अर्काे एक प्रसंगमा जेलमा रहेका नेपालीलाई घर फर्काउने काम भइरहेको बताउनुभयो । हाल जेलमा रहेका ६४६ मध्ये ११८ जनालाई हालै फर्काएको र अन्यलाई पनि नेपाल फर्काउने कार्य अगाडि बढेको वताउनु भयो । हाल एक कम्पनीसँग जेलमा रहेका मध्ये ५०० जनालाई टिकटका लागि राजदुतस्तरबाटै कुरा गरेको बताउनुभयो । जसका लागि उनीहरु सकारात्मक रहेका पनि बताउनुभयो । २ लाख ५७ हजार मलेसियन रिङ्गेट टिकट खरिदका लागी खर्च हुने र त्यसमा सो कम्पनीले कति सहयोग गर्ने सो बारे भने बस्न्यातले खुलाउनुभएन । केही समय अगाडि पनि तीन कम्पनीको टिकट सहयोगमा जेलमा रहेका नेपालीलाई नेपाल फर्काइएको थियो ।