२८ आश्विन २०८३, बुधबार

बेल्जियममा नेपालीले मनाए श्रीकृष्ण जन्माष्टमी पर्व

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

naderlands-nepali

बेल्जियम । हिन्दु धर्मावलम्बीहरुको महान पर्व श्रीकृष्ण जन्माष्टमी बेल्जियममा रहेका नेपालीहरुले भब्यरुपमा मनाएका छन् ।

बेल्जियमको दुर्वेमा अवस्थित राधादेश (राधा कृष्ण मन्दिर) मा बिशेष आजापूजा गरि उनीहरुले उक्त पर्व भब्यरुपमा मनाएका हुन् ।

बेल्जियममा बसोबास गर्दै आएका नेपालीहरुले बिगत केहि बर्षदेखि दुर्वेमा अवस्थित कृष्ण मन्दिरमा जन्माष्टमी पर्व मनाउने गरेका छन् ।

बेल्जियम को लुभेन, आन्त्रोपेन ब्रसेल्स तथा अन्य क्षेत्रमा बसोबास गर्ने नेपालीहरु दर्शनका लागि उक्त मन्दिरमा आउने गर्छन ।

त्योसँगै नेदरल्यान्ड, जर्मन, ईन्गल्यांड, जर्मनी, फ्रान्स, मोरिसस, नेपाल, भारत, बंगलादेशका ठुलो संख्यामा हिन्दु धर्मावलम्बी हरुको समेत त्यहाँ बिशेष उपस्थिति हुने गरेको छ ।

उक्त राधाकृष्ण मन्दिरमा दर्शनार्थीहरु ले पूजाआजासहित कृष्ण चरित्र बारे ज्ञान, दर्शन, भजन, प्रवचन कार्यक्रममा सहभागी भैई कृष्ण सन्देशको को लागी बनाईएको विभिन्न कलात्मक आकृति तथा भागवत गीताको संदेश मुलक तस्बिरमा अंकित दृश्यहरुको अवलोकन गरेका थिए ।