२९ आश्विन २०८३, बिहिबार

बिल तिर्न नसक्दा छ महिनादेखि अस्पतालमै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

doctorकाठमाडौं, २ भदौ । उपचार गरेको पैसा तिर्न नसकेर दोलखाकी एक महिला छ महिनादेखि अस्पतालमै बस्नुपरेको छ। सीतापाइलास्थित शुभेच्छा अस्पतालले बिल नतिरी डिस्चार्ज र रेफर नदिँदा दोलखा क्षेत्रपाकी ३१ वर्षीया विष्णु भुजेलले अस्पतालमै बस्नुपरेको हो।

गत फागुन ४ गते दोलखाकै ठूलोढुंगा भीरमा घाँस काट्न जाँदा लडेकी भुजेललाई उपचारका लागि शुभेच्छा ल्याइएको थियो। भाइ हरि शुभेच्छामा सफाइ मजदुरका रूपमा कार्यरत रहेकाले उनलाई त्यहाँ लगिएको समाचार आजको नागरिक दैनिकले छापेको छ ।

काका ईश्वरीबहादुरका अनुसार सुरुमा निजी अस्पतालमा महँगो हुने भएकाले नसक्ने बताए पनि अस्पताल प्रशासनले सरकारको विपन्न उपचार सहायता कोषबाट उपचार गराइदिने आश्वासन दिएको थियो। अस्पतालले ५० हजार डिपोजिट गराएर मेरुदण्डको शल्यक्रिया गराएको थियो।

त्यसपछि अस्पताल प्रशासनले वैशाख २३ गते स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाअन्तर्गतको विपन्न उपचार सहायता कोषलाई उपचार खर्च भुक्तानीको लागि पत्र पठाएको थियो।

सरकारले विपन्न नागरिक उपचार सहायता कोषअन्तर्गत सूचीकृत अस्पतालमा उपचार गराउँदा मेरुदण्डको उपचारमा १ लाखसम्म दिन्छ। शुभेच्छा भने उक्त सेवाका लागि सूचीकृत नभएको व्यवस्थापन महाशाखाले जनाएको छ।

वीर अस्पतालमा उपचार गराउँदा करिब १ लाखमा सबै उपचार हुने भएकाले परिवारले त्यतै लान खोजेका थिए। ‘सुरुमा निःशुल्क गराइदिउँला भनेर राखेपछि उपचार खर्च तिर्न नसकेको भन्दै बिल बढाइरहेका छन्,’ इन्द्रबहादुरले भने, ‘पैसा तिर्न सक्दिनँ, बिरामी मरे तिम्रो जिम्मा। हैन भने वीर लान देऊ भनेको छु। तर दिन्नन।’