लमजुङ, १ भदौ । कृषक जागरण बचत तथा ऋण सहकारी संस्था लद्युवित्त तर्फ नेपालकै उत्कृष्ट सहकारीमा पर्न सफल भएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को शनिबार काठमाडौंमा आयोजना गरिएको २७ औं स्थापना दिवसका अवसरमा कृषक जागरण साकोसलाई लद्युवित्ततर्फ उत्कृष्ट सहकारी घोषणा गरिएको हो । देशभरीका उत्कृष्ट सहकारी घोषणा गर्नै क्रममा कृषक जागरण लद्युवित्ततर्फ पहिलो नम्बरमा पर्न सफल भएको प्रमुख कार्यकारी अधिकृत राम बस्नेतले बताउनुभयो ।
कृषक जागरणलाई शनिबार लद्युवित्त तर्फ उत्कृष्ट सहकारी घोषणा गरिए पनि प्रमाणपत्र र पुरस्कार भने नेफ्स्कुनको आगामी पौषको पहिलो साता हुने साधारणसभामा प्रदान गरिने बताइएको छ । कृषक जागरण साकोस सदस्यताको आधारमा भने झापाको साहारा नेपाल नेपालकै दोस्रो ठूलो सहकारी रहेको नेपाल बचत तथा ऋण सहकारी संस्था (नेफ्स्कुन) ले जनाएको छ । कृषक जागरणको सदस्य संख्या २१ हजार २ सय ९५ जना रहेका छन् ।
कृष्ण जागरणले गएको बर्ष बर्ष झण्डै साँढे चार करोड कारोवार नाफा गर्न सफल भएको छ । सहकारीले आर्थिक बर्ष २०७०÷७१ मा ४ करोड ४६ लाख कारोवार नाफा गरेको हो । गएको बर्ष ८० करोड ५५ लाख ६९ हजार ९ सय १३ रुपैयाँ कारोबार गरी निक्षेपमा ५२ करोड ४९ लाख २१ हजार ९ सय ६३ रुपैया र ऋण लगानी ६९ करोड ९६ लाख ६१ हजार ६१ हजार ८ सय ७२ रुपैया गरेको थियो ।
सहकारीले शेयर पुँजीमा गएको बर्षसम्म ६ करोड ४६ लाख ८६ हजार २ सय ९६ रुपैयाँ पु¥याउँन सफल भएको छ । जिल्लामा सबैभन्दा बढी रेमिटेन्सको कारोबार गरेको दाबी गर्दै आएको कृषक जागरणले गएको बर्ष करिब ३ अर्व रुपैया रेमिटेन्सको कारोवार गरेको छ ।
सहकारीले अघिल्लो बर्ष भन्दा गएको बर्ष कूल कारोवारमा २५ करोड ३६ लाख ८४ हजार ७ सय ३६ रुपैया, बचतमा १६ करोड ८९ लाख ३ हजार ९ सय २०, ऋण लगानी २१ करोड ५२ लाख १४ हजार ९ सय २१ रुपैया र रेमिटेन्स कारोबारमा १ अर्व ३३ करोड १६ लाख ४३ हजार ६ सय ३२ रुपैया बृद्धि गर्न सफल भएको प्रमुख कार्यकारी अधिकृत राम बस्नेतले बताउनु भयो ।
सहकारीले गएको बर्ष संचालक समिति तथा शाखा प्रबन्धकहरुलाई ५ दिने सहकारी व्यवस्थापन तथा नेतृत्व विकास तालिम र तिनबर्षे रणनीतिक योजना तर्जुमा गोष्ठि सम्पन्न गरेको छ । त्यसैगरी लमजुङ मोडेल अस्पतालसंग मिलेर महिलाहरुको लागि निशुल्क पाठेघर परीक्षण शिविर, युवा क्लब, आमा समुह र विभिन्न संघसंस्थासंग मिलेर सामाजिक काम गर्नुको साथै ग्रामीण पर्यटकीय गाउँहरुले आयोजना गरेका महोत्सवहरुमा सहयोग गरेर पर्यटन विकासमा समेत सहयोग गर्दै आएको सहकारीका अध्यक्ष प्रेम घलेले बताउनुभयो ।
सहकारीले जिल्लाको विभिन्न स्थानमा पशुपालन, कृषि तथा ब्यबसायमा लगानीगरी युवाहरुलाई स्वरोजगार बनाउने अभियान संचालन गर्नुको साथै विगत तिन बर्षदेखी लघुवित्त समुहमा आवद्ध सदस्यका छोराछोरीलाई प्रवेशिका परीक्षामा उत्कृष्टताका आधारमा छात्रबृत्ति समेत प्रदान गर्दै आएको संचालक समितिका अध्यक्ष प्रेम घलेले बताउनु भयो । सहकारीले गएको बर्षदेखी आधुनिक बैकिङ प्रणालीबाट सेवा प्रदान शुरु गरेको छ भने १ सय ६ जना कर्मचारी कार्यरत रहेका छन् ।
२०५६ सालमा २५ जनाले १ / १ सय रुपैया संकलनगरी बेसीशहरमा स्थापना भएको कृषक जागरण अहिले जिल्लामा नीजि क्षेत्रबाट संचालित वित्तिय संस्थाहरुमा सबै भन्दाबढी कारोवार गर्ने र मूनाफा आर्जन गर्ने नीजि क्षेत्रको वित्तिय संस्था भएको छ ।














प्रतिक्रिया