काठमाडौं, १ भदौ । मलेसियामा जारी एसीसी यु–१६ क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको नेपालले आइतबार विहान भएको खेलमा ओमानलाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभरमा अलआउट हुँदै १६४ रन बनाउन सफल भएको हो ।
ओमानले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । नेपालले ओमानविरुद्द जित निकाले उपाधि नजिक पुग्नेछ ।
नेपालले यसअघि पहिलो खेलामा थाइल्यान्डलाई १० विकेटको फराकिलो अन्तरले हराएको थियो । त्यसैगरी दोस्रो खेलमा सिंगापुरलाई ४९ रनले पराजित गर्न सफल भएको थियो ।














प्रतिक्रिया