२९ आश्विन २०८३, बिहिबार

मलेसियाको जेलमा रहेका एक सय अठार नेपालीको उद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

malaysia

काठमाडौँ, ३१ साउन । मलेसियास्थित नेपाली राजदूतावासले विविध कारणले त्यहाँका कारागारमा बन्दी जीवन बिताइरहेका ११८ नेपालीलाई उद्धार गरी स्वदेश फर्काएको छ ।

बुकिटजलिलस्थित बन्दीगृहबाट उद्धार गरिएका नेपालीलाई स्वदेश फर्काइएको मलेसियाका लागि नेपाली राजदूत डा निरञ्जनमानसिंह बस्न्यातले जानकारी दिनुभयो । उनीहलाई रोजगार प्रवद्र्धन बोर्डले समस्यामा परेका नेपालीका लागि सहयोग गर्न खडा गरेको कोषबाट हवाई टिकट खरिद गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले मलेसियामा भ्रमणका क्रममा केही समयअघि यात्रा अनुमति, प्रवेशाज्ञालगायत वैधानिक कागजात नभएका र अन्य कारणले पक्राउ परेका नेपालीलाई तत्काल उद्धार गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको थियो ।