२८ आश्विन २०८३, बुधबार

युएईमा नायक श्रीकृष्णको सम्झना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uae-shreekrishna

युएई । अन्तर्राष्ट्रिय कलाकार समाज युएई शाखाले स्वर्गीय कलाकार श्रीकृष्ण श्रेष्ठको सम्झनामा युएइमा शोकसभाको आयोजना गरेको छ ।

अगस्ट १५ तारिक दुवईको उत्तरपुर रेष्टुरेन्टमा आयोजना गरेको कार्यक्रममा उपस्थित स्थानीय कलाकार तथा बिभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिले कलाकार श्रेष्ठको निधनले नेपाली कला क्षेत्रनै टुहुरो भएको भन्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

कार्यक्रममा उपस्थिति कलाकारहरुले श्रेष्ठको तस्वीरमा माल्यार्पण गरेका थिए । श्रेष्ठको नाममा एक मिनेट मौन धारणा पनि गरिएको थियो ।

साहित्यिकार तथा पत्रकार निमेस गिरीले सञ्चालन गरेको शोकसभा कार्यक्रम समाजका संरक्षण आशिष पुरुषको संयोजनमा सम्पन्न भएको थियो ।