२८ आश्विन २०८३, बुधबार

कतारमा एनआरएन कपका लागि ५ लाख बराबरको पुरस्कार घोषणा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

katar-pressmeet

घनश्याम पराजुली (कृष्ण) 

दोहा (कतार) । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय सम्वन्य समिति कतारले ‘एनआरएन कप फुटबल २०१४’ को विविध विषयमा जानकारी दिएको छ ।

दोहाको ‘टप र्फम’ रेष्टुरेन्टमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा कतार रियाल १९ हजार ( करिब रु पाँच लाख )बराबरको नगद पुरस्कार घोषणा गरेको जानकारी दिइयो ।

कतारमा क्रियाशील पत्रकारहरुको उल्लेख्य उपस्थित रहेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष मुक्साद आलम, एनआरएन गल्फ सह–संयोजक पुर्ण केसी , आईसिसी सल्लाहकार देवकाजी डंगोल, आईसिसी सदस्य अमृत गुरुङ्ग , आईसिसी सदस्य उमेश अधिकारी, आईसिसी पुर्व उपाध्यक्ष सागर नेपाल, एनआरएन कतारका पुर्व अध्यक्ष कमलमणी गुरागाईको उपस्थिति रहेको थियो ।

त्यसैगरी पत्रकार सम्मेलनमा आईसिसी खेलकुद उपसमिती सदस्य रामहरी गैहै्र, पत्रकार महासंघका कार्यवाहक अध्यक्ष गणेशप्रसाद बन्जाडे, जनसम्पर्क समितिका अध्यक्ष बिमल सुबेदी, नेपाली प्रवासी मञ्चका अध्यक्ष दिलकिरण खुजुम लगायत फुटबल टिमका कोच, म्यानेजर तथा खेलाडीहरुको पनि उल्लेख्य उपस्थिती रहेको थियो ।

एनआरएन कप फुटबल २०१४को विजेता टिमले कतारी रियाल १० हजार नगद पुरस्कार त्यसैगरी दोश्रो हुने टीमले कतारी रियाल ५ हजार र तेश्रो हुने टीमलाई कतारी रियाल ३ हजार नगद पुरस्कारका साथै कप, मेडल र प्रमाणपत्र दिइने एनआरएन कतारका अध्यक्ष अलामले घोषणा गर्नुभएको थियो ।

त्यसैगरी उत्कृष्ट तथा अनुसाशित खेलाडी, उत्कृष्ट गोलकिपर र सबै भन्दा बढी गोल गर्ने एक–एक जना खेलाडीलाई नगद कतारी रियाल ५ सयका साथै कप र प्रमाणपत्र दिइने पनि घोषणा गरिएको थियो ।
एनआरएन कप फुटबल २०१४ मा २४ टीम सहभागी रहेका छन् । ती अघिकांश टीमको नाम नेपाल झल्काउने रहेको छ ।

पहिलो टीममा नारायणगोपाल आइएएफ, पाथीभरा ताप्लेजुङ्ग, बागेश्वरी राधापुर, भद्रकाली प्रवासी, बुद्ध बीबी एफसी , सप्तकासी अमल सर्भिस, मकालु व्ल्याक क्याट, कन्चनजङ्गा, माउन्ट एभरेष्ट, लखनथापा मगर, रुप्से छागो म्याग्दी , मुनाल युनाईटेड रहेका छन ।

दोस्रो टीममा अन्नपुर्ण, डाफेतामाङ्ग समाज, माछापुच्छ्रे गुरुपफोर, फेवा, रानिपोखरी युनिटी ब्वाईज, कस्तुरी सन्ध्या गुरुप, कृष्ण सागर नेपाल युथ क्लव, मेची–काली जनजागृती, स्वम्भु स्काई , लालीगुरास पुर्वाञ्चल, हलेसी , जनकपुर लालीगँरास रहेका छन् ।,

एनआरएन कप फुटबलको व्यवस्थापनका लागि टिएन बरालको संयोजकत्वमा ५ सदस्यीय व्यवस्थापन समिति बनाइएको छ । पर्यवेक्षकको संयोजकमा दिपक खड्का संयोजक रहनुभएको छ ।

फाईन खेल सेक्टेम्वर १९ तारिकका दिन हुने छ । कतारको नेपाली समुदायमा वढिरहेको फुटवल गतिविधिलाई संस्थागत र समुदायमूखी बनउन तथा कतारमा रहेका नेपाली फुटबल खेलाडीहरुको प्रतिभालाई प्रवद्र्धन गर्ने उद्देश्यले उक्त खेलको आयोजना गरेको आयोजक समितिले जानकारी दिएको छ ।