२९ आश्विन २०८३, बिहिबार

चरीका परिवार किन सहमत भए ‘पोष्टमार्टम’ गर्न ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dinesh-adhikari-chari

काठमाडौ, ३१ साउन । १० दिन अघि काठमाडौको भीमढुंगामा प्रहरी कारबाहीमा मारिएका भनिएका चर्चित गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ को शनिबार ‘पोष्टमार्टम’ हुने भएको छ ।

चरीका परिवारकै सहमतिमा मृत्यु भएको १० दिनपछि उनको पोष्टमार्टम हुन लागेको हो ।

चरीका दाजु ध्रुव अधिकारीले शव नबुझ्ने सर्तमा पोष्टमार्ट गर्न अनुमति दिएपछि त्रिवि शिक्षण अस्पतालमा रहेको उनको शव पोष्टमार्टम गर्न लागेको हो ।

अदालती कारबाहीका लागि मृत्यु भएको आधिकारिक कागजात आवश्यक पर्ने भएकाले चरीका परिवारले पोष्टमार्टम गर्न अनुमति दिएका हुन् ।

हत्यामा संलग्न रहेकाले कारबाहीको माग गर्दै चरीका परिवारले शुक्रबार चार प्रहरी अधिकारीसहित पाँचजनाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिसकेका छन् ।

सर्वोच्चमा दायर गरेको रिटमा चरीको हत्या षडयन्त्रपूर्वक भएको र प्रहरीले किटानी जाहेरी लिन नमानेको भन्दै घटनामा संलग्न उपर कारबही गर्न माग गरिएको छ ।

रिटमा महानगरीय प्रहरी परिसर हनुमानढोकालाई किटानी जाहेरी लिन पनि परमादेश माग गरिएको छ ।

रिटमा अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्की, महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रमुख एसएसपी उत्तम कार्की, अपराध महाशाखाकै डिएसपी मीरा चौधरी, इन्सपेक्टर कुमुद ढुंगेल र चरीकी प्रेमिका खुस्बु ओलीका भूपू प्रेमी अर्पण कोइरालालाई विपक्षी बनाइएको छ । रिट दायर गर्न खुस्बु पनि अदालत पुगेकी थिइन् ।

यसअघि अपराध अनुसन्धान महाशाखा र महानगरीय प्रहरी आयुक्तको कार्यालयमा किटानी जाहेरी दर्ता गर्न जाँदा प्रहरीले त्यसै फर्काइदिएको थियो ।

प्रहरीले जाहेरी बुझ्न नमानेपछि आफुहरु अदालत धाउन बाध्य भएको चरीका दाजु ध्रुबले बताए । रिटको पहिलो पेशी सोमवार तोकिएको छ ।

चरीका परिवारले उनको शव पोष्टमार्ट गर्न जापान वा अमेरिका लैजान पाउनुपर्ने माग गर्दै आएका थिए । अझै पनि चरीका परिवारले मुद्धाको किनारा नलागेसम्म शव नवुझ्ने अडान लिएका छन् ।