काठमाडौं, ३१ साउन । डन दिनेश अधिकारी चरीकी प्रेमिका भनिएकी खुस्बु ओलीका पूर्वप्रेमी अर्पण कोइरालाले खुस्बुले आफूलाई आठ वर्षसम्म माया गरेर धोका दिएको बताएका छन् ।
नयाँ पत्रिका दैनिकसँग भारतबाट अन्र्तवार्ता दिँदै उनले खुश्वुले चरीसँग माया गर्न थालेको कुरा आफूले ६ महिनाअघि मात्रै थाहा पाएको बताएका छन् ।
खुश्वु चरीतिर लागेको पहिलो पटक कसरी थाहा पाउनुभयो भन्ने प्रश्नमा अर्पण भन्छन्- ‘ धेरै पुरानो कुरा पनि होइन, ६ महिनाअघि म कामको सिलसिलामा दिल्लीमा थिए । खुश्वु र मेरो बीचमा असाध्यै राम्रो समझदारी थियो । हामी एक अर्काका फेसुबक चलाउथ्यौं । एक दिन उहाँले अस्ट्रेलियाको एक जना साथीसँग च्याट गर्नुभएको रहेछ । त्यसमा लेखिएको थियो , What a waste of time it was, i was having relation with such a dumb person for 8 long year. but now i am in love with dinesh adhikari chari. he is so romantic and our love in on the air. यो संवाद देखेर म छाँगाबाट खसेजस्तो भएँ । त्यो बेला मैले आखाँ देखिन । यो संसारबाट विश्वास भन्ने चिज केही नै हुँदो रहेनछ भन्ने लाग्यो । खुश्बुलाई जथाभावी गाली गरे ।’
उनले चरीलाई प्रहरीले पक्राउ गरेर जेलमा राखोस् र कानुनी कारबाही गरोस् भन्ने आफ्नो चाहना भए पनि प्रहरीले उसलाई मारेको बताएका छन् । उनले चरी मार्नका लागि आफूले रिसको आवेगमा धम्की दिए पनि बास्तवमा आफ्नो भित्री इच्छा चरी मार्ने नरहेको प्रष्ट पारेका छन् ।
‘चरीसँग मेरो झगडा भएको हो । उसले पनि मलाई मार्छु भनेको थियो । मैले पनि भनेको थिएँ’ अर्पणले भनेका छन्, ‘त्यो एउटा झगडाको बेला थियो, रिसमा बोलेको कुरा व्यवहारमा उतार्न को हिँड्छ ? कसले सक्छ ? म ढाँट्न सक्दिन् । म चरीलाई प्रहरीले पक्राउ गरोस् र जेलमा राखोस् भन्ने चाहन्थेँ । तर मैले चाहनु र नचाहनुको के अर्थ छ र ?’ अर्पणले खुश्वुलाई धम्क्याएर पठाइएका भनिएका कतिपय इमेल आफूले पठाएको भए पनि केही उनी स्वयंयले बनाएको दाबी गरेका छन् । चरी र खुश्वुले आठ वर्ष लामो माया र सपना लुटेकाले आफूले विक्षिप्त भएर त्यस्तो हर्कत गरेको उनले स्वीकारे । उनले खुश्वुलाई चरीले खोसेपछि आफू बिरामी नै परेको बताउँदै पछि आफू सम्हालिएको बताएका छन् । उनले गुमाएको पुरानो माया आफूले नचाहेको समेत स्पष्ट पारेका छन् । ‘चरी र खुश्वुले मेरा आठ वर्ष लामो माया लुटे, मेरो सपना लुटे । म त्यतिबेला विक्षिप्त भएको थिएँ । म बिरामी नै परेँ, तर जीवन यस्तै हो, चल्दै जान्छ भनेर मैले आफूलाई सम्झाएको छु । अब मैले गुमाएको माया पाउनु छैन । अगाडि बढ्नु छ । अगाडि बढ्न चरीको जस्तो बाटो रोज्नुपर्छ भन्ने मलाई लाग्दैन । मेरो त्यो हैसियत पनि छैन ।’
अर्पणले आफू पहिले लागु औषधको दुवब्र्यसनी भएको र आठ वर्षअघि लागुऔषध पुनस्र्थापना केन्द्रमा उपचार गराउने क्रममा नार्कोनन नेपालमार्फत खुश्वुसँग चिनाजानी भएको समेत बताएका छन् । ‘म बास्तजमा नार्कोनन्को स्टाफको रुपमा काम गर्न थालेको थिएँ । त्यही बेला राष्ट्रिय सभागृहको कार्यक्रममा खुश्वुसँग भेट भयो । हामीले एकअर्काका फोन नम्बर लियौं । पटकपटक भेट्यौं । र हाम्रो सम्बन्ध विस्तार हुँदै गयो,’ अर्पणले प्रेम सम्बन्ध विस्तारबारेरे बताएका छन् । अर्पणले खुश्वु आफ्नो खुशी भएको भन्दै आफूले बेलायतको अक्सफोर्ड युनिभर्सिटीमा लाखौं खर्चेर पढाएको समेत बताएका छन् । ‘खुश्वु मेरो भविष्य हुन् भन्नेबाहेक मलाई केही थाहा थिएन । आफ्नो खुशीका लागि खर्च गर्नु सबैले कर्तव्य सम्झन्छन्, मैले पनि सम्झे’ अर्पण भन्छन् ।
अर्पणले चरीसँगको सम्बन्ध विकासबारे पनि बोलेका छन् । उनले साथीभाइ भेट्न अन्नपूर्ण होटलमा जाने क्रममा चरीसँग चिनजान भएको र उनको आनीबानी उनको आम छविभन्दा निकै पृथक रहेकाले पछि सम्बन्ध निकै प्रगाढ बनेको बताएका छन् । उनले सम्बन्ध सुमधुर हुँदै गएपछि चरीलाई गाडी र घर किन्नसमेत आफूले सहयोग गरेको खुलासा गरेका छन् । ‘म साथीलाई भेट्न अन्नपूर्ण होटलमा गइरहन्थें । उ डन हो भन्ने मलाई थाहा थियो । तर एकदिन चिनजान गर्दा निकै भलादमी लाग्यो । म छक्क परेँ । खुँखार गुन्डा भनेर चिनिएको मान्छे पनि यति भलाद्मी हुन्छ भनेर थाहा पाउँदा मलाई राम्रै लाग्यो । त्यसैले हामी साथीका रुपमा नजिकियौं । हाम्रो मित्रता झाँगिएपछि मैले सकीनसकी उसलाई परेको बेला सहयोग गरेँ । उसले ८५ लाखमा भक्सवागन गाडी किन्न खोज्यो, तर माछापुच्छ्रे बैंकले ३५ लाख रुपैयाँ डाउनपेमेन्ट मागेको थियो । त्यो ३५ लाख नै मैले दिएको हो । भैंसे पार्टीमा घर बनाउँदा पनि मैले सहयोग गरेको थिएँ’ अर्पणले चरीसँगको विकसित सम्बन्धबारे यसरी बताएका छन् ।
अर्पणले एक दिन आफूले खुश्वुलाई अन्नपूर्ण होटलमा लिएर गएको र त्यहींं चरी र खुश्वुबीच परिचय भएको बताएका छन् । अर्पणले सुरुमा खुश्वुलाई चरीले भाउजु भनेर रेस्पेक्ट गर्ने भए पनि पछि आफूले अकल्पनीय धोका पाएको बताएका छन् । ‘‘एक दिन खुश्वुको घरमा पनि दिनेशलाई लिएर गएँ । उसलाई देखेर खुश्वुका बाबुआमा, दाजुभाउजु सबै दंग पर्नुभयो । तर देबर भाउजु भन्ने चरी र खुश्वुको सम्बन्ध बढेछ । मैले लामो समयसम्म पत्तै पाइनँ’ अर्पण भन्छन् ।













प्रतिक्रिया