२९ आश्विन २०८३, बिहिबार

राजमार्ग खुलाउन कम्तीमा एक साता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahendra Rajmargaजनकपुर, ३१ साउन । पूर्व–पश्चिम महेन्द्र राजमार्गको धनुषास्थित रातु पुल भासिएर अवरुद्ध भएको यातायात खुलाउन भरपर्दो पहलका लागि स्थानीय राजनीतिक दल तथा समाजिक संघसंस्थाहरुले माग गरेका छन्।

शुक्रबार बर्दिबासमा बैठक गरी प्रमुख राजनीतिक दलहरु तथा समाजिक संस्थाका प्रतिनिधिले पुल भासिनुको मुख्य कारण देखिएको क्रसर व्यवसायीलाई कारबाही गर्न पनि माग गरेका छन्। ‘राजमार्ग जस्तो बहुसंख्यक जनताको सरोकार राख्ने पुललाई नै जोखिममा पार्नेगरी ढुंगा गिटी उत्खनन् गर्ने क्रसर व्यवसायीलाई कानुन बमोजिम कारवाहीको जोडदार माग गर्छौ’ शुक्रबारै उनीहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा नेपाली कांग्रेसका बर्दिबास सभापति वैकुण्ठ कोइराला, एमाले अध्यक्ष गुञ्जबहादुर खड्का, एकीकृत नेकपा (माओवादी) अध्यक्ष जयनारायण शर्मा, उद्योग वाणिज्य संघ बर्दिवास शाखाका महासचिव उद्धव खतिवडा र बर्दिवास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष चुडामणि पोखरेलले हस्ताक्षर गरेका छन्।

राजमार्गकै पुल भासिएर आवागमन रोकिएपछि पुर्वी नेपालका जनतालाई राजधानीसँग जोड्ने एकमात्र सडकमार्ग अवरुद्ध भएको छ। यसबाट सर्वसधारणले खेप्नुपरेको समस्याबाट छुटकारा दिलाउन तत्काल वैकल्पिक मार्ग खुलाउन पनि विज्ञप्ती मार्फत माग गरिएको छ।

राजमार्ग र रातुको पुललाई नै जोखिममा पारेर क्रसर उद्योगले स्काभेटर प्रयोग गरी ढुंगागिटी खन्न थालेदेखि नै आफुहरुले स्थानीय प्रशासनलाई बारम्बार ताकेदा गर्दा पनि सुनुवाइ नगरेको हुँदा यस्तो विपद आइपरेको काँग्रेस नेता कोइरालाले बताए।

वन क्षेत्र र सडक विभाग दुवैको मापदण्ड मिचेर त्यहाँ क्रसर उद्योग सञ्चालन सुरु गरिएको बेलादेखि नै स्थानीयले विरोध गरेका थिए। जिल्ला वन कार्यालय र सडक डिभिजनले पनि पटक–पटक पत्र लेखेरै जिल्ला प्रशासन कार्यालयलाई उक्त क्रसर बन्द गराउन घच्घच्याएका थिए।

स्थानीय दिगम्बर महतोले भने, ‘स्थानीयको कडा विरोधको बावजुद तत्कालीन सिडिओले नै क्रसर सञ्चालकलाई सुरक्षा दिए, अहिले पुल भासिएपछि सरकारी निकायले देखावटी संवेदना मात्र देखाउन आउँछन्।’

मापदण्ड विपरित जिल्लामा सञ्चालित क्रसरहरुले चुरे र रातु किनारमा थुप्रै क्षति पुर्याडएको समाचार आजको नागरिक दैनिकले छापेको छ। रातुमा रहेको राजमार्गको पुल पनि क्रसर उद्योगकै कारण भासिएको विज्ञले जनाएको छ।