२९ आश्विन २०८३, बिहिबार

नोबेलद्वारा जवर्जस्ती भर्ना प्रयास

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nobelकाठमाडौं, ३१ साउन । पूर्वाधार र अन्य मापदण्ड नपुगेका कारण चिकित्साशास्त्रको स्नातकोत्तर (एमडीरएमएस) कोटा कटौतीमा परेको विराटनगरको नोबेल मेडिकल कलेजले जवर्जस्ती भर्ना अभियान सुरु गरेको छ ।

नोबेलले सार्वजनिक सूचना निकालेर गतवर्षकै कोटा संख्यामा भर्ना आहृवान गरेको हो । ‘काठमाडौं विश्वविद्यालयसँग सम्बन्धन लिएका मेडिकल कलेजहरुले आफै मनोमानी भर्ना लिन पाउदैनन, मेडिकल डिन कार्यालयको सिफारिसका आधारमा उनीहरुले विद्यार्थी भर्ना गर्नुपर्ने नियम छ’ डिन कार्यालयस्रोतले भन्यो ।

तर नोबेलले भने आफूखुसी सूचना निकालेको हो । विश्वविद्यालयको डिन कार्यालयले एमडीरएमएसको भर्नाको म्याद सकिएको जनाएको छ ।

सर्वोच्च अदालतले दिएको विवादास्पद अन्तरिम आदेशका आधारमा नोबेलले विद्यार्थी भर्ना सूचना निकालेको हो । गतवर्ष पाएको ५० सिटको कोटालाई पूर्वाधार नपुगेको भनी नेपाल मेडिकल काउन्सिलले ६ वटामा सीमित गरिदिएको थियो । उक्त निर्णय विरुद्ध सर्वोच्चका नयाँ न्यायाधिश गोपाल पराजुलीले विवादास्पद अन्तरिम आदेश दिएका थिए । आदेशपछि कलेजले ४६ सिटका लागि भर्ना आहृवान गरेको हो ।

कलेजले निकालेको सूचनामा विश्वविद्यालयले लिएको प्रवेश परिक्षामा उत्तिर्ण भएकामध्ये योग्यता क्रमका आधारमा भर्ना गर्ने र त्यसबाट सिटसंख्या पूर्ति नभए प्रतिक्षा सूचीमा रहेकाहरुबाट भर्ना गर्ने उल्लेख छ । नियम अनुसार, विश्वविद्यालयको डिन कार्यालयले नै विद्यार्थीको सूची पठाएरपछि त्यसका आधारमा कलेजले विद्यार्थी भर्ना गर्छ । तर नोबेलले भने प्रक्रिया मिचेर सूचना निकालेको हो ।

केयूको स्कूल अफ मेडिकल साईन्सेजका सह-डिन राजेन्द्र कोजूले एमडीरएमएसमा डिन कार्यालयकै सिफारिसमा कलेजहरुमा विद्यार्थी भर्ना भएर पठनपाठन पनि शुरु भइसकेको बताएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ । ‘काउन्सिलले निर्धारण गरेको कोटा अनुसार त्यतिबेला नै सिफारिसका आधारमा भर्ना गरेर पठाई पनि शुरु भइसक्यो’ कोजूले  भने, ‘अहिले भने त्यसवारे कुनै निर्णय भइसकेको छैन ।’