२९ आश्विन २०८३, बिहिबार

उज्यालो एफएममा आन्दोलन, १७ जनाले एकैसाथ काम छाडे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ujyalo-FMकाठमाडौं ३० साउन । उज्यालो नाइन्टी नेटवर्क एफएमका १७ जना पत्रकारले शुक्रबारबाट एकैपटक काम छाडेका छन् ।

तलब बृद्धिको माग गर्दै दुई महिनादेखि जारी आन्दोलनलाई बेवास्ता गरिएको भन्दै १७ जना पत्रकारहरुले सामूहिक रुपमा उज्यालो एफएम छाडेका हुन् ।

उज्यालो एफएम छाड्नेमा समाचार सम्पादक सुनिल न्यौपाने, पत्रकार महांसघका केन्द्रीय सदस्य माधब दुलाल, रोसन पुरी र दिपेन्द्र कुवरलगायत छन् ।

घण्टे बुलेटिन हटाउने निर्णय गरेको उज्यालोमा अब बिहान ६ बजेको बुलेटिन लगानीकर्ता गोपाल गुराई र मण्टेश्वरीराज भण्डारी स्वयमले पढ्ने स्रोतको भनाई छ ।