२९ आश्विन २०८३, बिहिबार

‘कमरेड’हरुले बढी गनथन गरे माइक काटिदिने !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml

काठमाडौं, ३० साउन । नेकपा एमालेले केन्द्रीय कमिटि बैठकमा प्रविधियुक्त माइकको व्यवस्था गर्ने भएको छ ।

एक सय ६१ सदस्यीय जम्बो केन्द्रीय कमिटिका सबै सदस्यले पालैपालो बोल्दा समय बढी खर्च हुने भएपछि एमालेले प्रविधियुक्त माइकको व्यवस्था गर्न लागेको हो ।

जम्बो कमिटि भएकै कारण एमालेले बोलेर भन्दा लेखेर आफ्ना धारणा केन्द्रीय कार्यालयमा दर्ता गराउन निर्देशनको थियो ।

तर, एमाले नेताहरुबाटै त्यसको विरोध भएपछि एमालेले यस्तो व्यवस्था गर्न बाध्य भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

‘एमालेले संसदमा जस्तै माइकको व्यवस्था गर्ने योजना बनाएको छ,’ एक केन्द्रीय सदस्यले भन्नुभयो,’ ‘बोल्नका लागि निश्चित समय दिँदा पनि केन्द्रीय सदस्यहरुले बढी समय खर्चे गर्न थाल्नुभयो भने सदसमा जस्तै माइक काटिदिने व्यवस्था गरेका छौँ ।’