२९ आश्विन २०८३, बिहिबार

भारतीय स्वतन्त्रता दिवसमा मोदीले गरे गौतमबुद्धको संझना

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

8_081514113516

काठमाडौं, ३० साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय स्वतन्त्रता दिवसका दिन शान्तिका अग्रदूत गौतमबुद्धको संझना गर्नुभएको छ ।

हिन्दूस्तान स्वतन्त्रताकोे ६८ औं दिवसका अवसरमा भारतको लालकिल्ला मैदानमा शुक्रवार सम्बोधन गर्दै उहाँले गौतमबुद्धको संझना गर्नुभएको हो ।

भारतमा सांप्रदायिकता र जातिवादको हिंसा त्याग्न आग्रह गर्दै मोदीले भन्नुभयो– ‘हिंसाले केही फाइदा हुँदैन,सम्राट अशोकले पनि हिंसाको बाटो त्यागेर गौतमबुद्धको बाटो अपनाएका थिए ।’

उहाँले बुद्धको जन्मभूमी (नेपाल)ले समेत त्यस्तो सन्देश दिएको दाबी गर्नुभयो । उहाँले हिंसाको बाटो अपनाएको नेपालको माओवादीले शान्तिको बाटोमा आएको संकेत गर्दै भन्नुभयो– ‘बुद्धको जन्मभूमीमा त्यो संदेश दिन सकेको छ भने हामीले पुरा दुँनियालाई यो सन्देश दिन सक्नुपर्छ ।’

उहाँले भारतका नौजवानहरुलाई सांप्रदायिकता र जातिवादको हिंसा त्याग्न समेत आग्रह गर्दै सांप्रदायिकता र जातिवादको हिंसाले कुनै फाइदा नपु¥याउने तर्क गर्नुभयो ।