२९ आश्विन २०८३, बिहिबार

सिन्धुपाल्चोकको जुरेमा पहिरोले अवरुद्ध बाटो तत्काल खुलाउ व्यवसायीको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

vet-final12

काठमाडौं, ३० साउन । उद्योगी–व्यवसायीहरुले सिन्धुपाल्चोकको जुरेमा गएको बाढी–पहिरोका कारण व्यवसायीहरु ठूलो मर्कामा परेको गुनासो गरेका छन् ।

नेपाल चेम्बर अफ कमर्शको नेतृत्वमा शुक्रवार प्रधानमन्त्री निवास बालुवाटार पुगेको उद्योगी–व्यवसायीहरुको टोलीले यस्तो गुनासो गरेका हुन् ।

उनीहरुले शुक्रवार नै प्रधानमन्त्री सुशील कोइरालालाई भेटी पहिरोले अवरुद्ध बाटो तत्काल खुलाउने वातावरण बनाइदिन आग्रह गरे ।

उनीहरुले दसैंको मुखमा ढुवानी सेवा बन्द हुँदा चीन–तिब्बतको खासासँग हुने कारोबार नै ठप्प भएको गुनासो गरेका छन् ।

उद्योगी–व्यवसायीहरुसँगको भेटमा प्रधानमन्त्री कोइरालाले अविरल वर्षा र बाढीका कारण बाटो खुलाउन ढिलाइ भएको जानकारी दिँदै दसैं अगावै सशस्त्र र सेनाको सहयोगमा बाटो खुलाइने आश्वासन दिनुभएको थियो ।

चेम्बरले बाढी पीडितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा जिन्सी र नगद गरी ८ लाख ५० हजार रुपैयाँ बराबरको सहयोग प्रदान गरेको छ ।