२९ आश्विन २०८३, बिहिबार

जनतालाई सिटामोल छैन नेताको उपचारमा किन अर्बौ खर्च ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

singa-garbar

काठमाडौं, ३० साउन । जनताले सिटामोल समेत खान नपाएर ज्यान गुमाउनु परेका खवर सञ्चार माध्ययममा आइरहेका बेला एकपछि अर्को नेताको उपचारका लागि भन्दै सुशील कोइराला नेतृत्वको सरकारले भने राज्यको ढुकुटी रित्याउदै गएको छ ।

नेताको उपचारका भन्दै कोइराला नेतृत्वको सरकारले ६ महिनामा करीव आधा अर्ब रुपैया सिध्याएको छ । सादगी नेता प्रधानमन्त्री सुशील कोइराला आफैले पनि राज्यको ढुकुटीबाट करोडौँ रुपैयाँ उपचारमा खर्च गर्नुभएको छ ।

केही समय अघि उहाँ लामो समय अमेरिकामा स्वास्थ्य उपचार गराएर फर्किनु भएको हो । उहाँले सबै खर्च राज्यकै ढुकुटीबाट प्रयोग गर्नुभएको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको उपचारका लागि पनि राज्यले लाखौँ रुपैयाँ खर्च गरेको छ । केही समय अघि अध्यक्ष ओलीले पनि विदेशमै गएर आफ्नो उपचार गर्नु भएको थियो । उहाँको सम्पूर्ण उपचार खर्च राज्यले नै व्यहोर्ने निर्णय गरेको छ ।

कांग्रेस नेता गोविन्दराज जोशी, एमाले नेतृ साहना प्रधान, एमाओवादी नेतृ उर्मिला अर्याल लगायतको उपचार खर्च पनि सरकारले व्यहोरेको थियो ।

यसरी एकपछि अर्को नेताको उपचार विदेशमा गर्ने र सबै खर्च राज्यले नै धान्ने कुराको सर्वत्र बिरोध भइरहेका बेला पुनः मन्त्रिपरिषदले एमाले बरिष्ठ नेता झलनाथ खनाललाई उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको विहीवार राती बसेको बैठकले पूर्व प्रधानमन्त्री एबम् एमालेका निवर्तमान अध्यक्ष खनालको बेलायतमा गरिने उपचारको सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको हो ।

एक मन्त्रिका अनुसार खनाललाई उपप्रधानमन्त्री एवंम एमाले उपाध्यक्ष बामदेव गौतमको प्रस्तावलाई मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो ।
खनाललाई भिटामिट डी डिफिसेन्सी नामक रोग लागेकोले उनको उपचार लण्डनमा हुन लागेको स्रोतले जनाएको छ । गौतमले उपचार खर्च व्होर्नका लागि पेश गरेको लिखित प्रस्तावमा केही मन्त्रिले मेडिकल काउन्सिलको सिफारिस हुनुपर्ने धारणा राखेका थिए ।