२९ आश्विन २०८३, बिहिबार

मोहियानी हक माग्दै एमालेमा फर्किए विजय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bijaya-Subba

काठमाडौं, २९ साउन । एमाले छाडेर संघीय समाजवादी पार्टी खोलेका विजय सुब्बासहित ३५ जना एमालेमा फर्किएका छन् ।

बिहीबार एमाले मुख्यालय बल्खुमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुब्बासहितका नेताहरुलाई पार्टीमा प्रवेश गराउनुभयो ।

पार्टी प्रवेशपछि बोल्दै सुब्बाले आफू काजमा गएको र काज सकिएपछि एमालेमै फर्किएको बताउनुभयो । एमालेमा आफ्नो मोहियानी हक सुरक्षित रहेको तर्क गर्दै उहाँले संघीय समाजवादीमा बस्दा कहिल्यै सुख र चैनसँग बस्न नपाएको बताउनुभयो ।

सुब्बाले संघीय संघीय समाजवादीका अध्यक्ष अशोक राईप्रति कटाक्ष पनि गर्नुभयो । पार्टीको मुल नुतेत्व पार्टी स्थापना गर्दाको उद्देश्यअनुरुप चल्न नसकेकाले उक्त पार्टी छाडेको उहाँले बताउनुभयो ।

एमाले फर्किनेमा सुब्बासहित संघीय समाजवादीकी सचिव मीना गुरुङ लगायत ३५ जना छन् ।

उनीहरुलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले पार्टीमा फर्किएका नेता कार्यकर्तामाथि विभेदकारी व्यवहार नहुने स्पष्ट पार्नुभयो । अध्यक्ष ओलीले विगतमा पार्टी छाडेर गएकालाई फर्कनसमेत अपिल गर्नुभयो ।