२८ आश्विन २०८३, बुधबार

मोदी, विपी र मदन भण्डारी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

basanta-shrestha

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा ऐतिहासिक सम्बोधन गरे। धेरैको मन जित्न सफल सो सम्बोधनले सम्पूर्ण नेपाली मनहरुमा बिधमान रहेको सर्बसताबाद र पुरातनवादी बिचारहरु लाई च्यातेर एउटा नयाँ प्रगतिउन्मूख प्रजातान्त्रिक मुल्य र मान्यताको कसी लाई उजागर गरेको प्रस्ट हुन्छ । भारतीय जनता पार्टीका नेताले प्रधानमन्त्रीको हैसियतले गरेको यो सम्बोधनले सम्पूर्ण नेपाली राजनैतिक दलका नेताहरु लाई प्रस्ट भएको हुनु पर्छ कि नेता र राजनेतामा भेद र फरक कस्तो हुँदो रहेछ ्र पार्टी र व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर जब कुनै नेता जनताको लागि र जनता प्रति समर्पित हुन्छन तब ती राजनेता कहलिन्छन । १७ बर्ष पछि भारतको प्रधानमन्त्रीको यो ऐतिहासिक भ्रमणमा जसरी नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गर्ने पूर्बसन्ध्यामा प्रधानमन्त्री मोदीले सरल भाषामा स्पष्ट रुपमा उनले सहयोग र मित्रताको जुन बोली बोले, त्यो बास्तबमा नै एक अनुपम, मर्मस्पर्शी र हृदयस्पर्शी सम्बोधन थियो। उनको यस सम्बोधन बाट थुप्रै नेपालीको मनमा रहेका संका उपशंका र भ्रमलाई चिर्न उनि सफलमात्र भएनन् भविष्यमा थुप्रै आशाका फलहरु फुलाउने संकल्प पनि गरे। त्यसैकारणले हुनुपर्दछ उनको यस्तो ओजस्वी भाषणले सम्पूर्ण नेपालीको मन जितेको छ ।

प्रथमत उनले नेपाली भाषामा बोलेर सम्पूर्ण नेपालीहरुको स्वाभिमानलाई उच्च राख्ने प्रयत्न गरे ्र दक्षिण अफ्रिकाका स्वतन्त्र सेनानी स्व नेल्सन मण्डेलाले भाषा सम्बन्धि भनेका छन्य।दि तिमीले कसैसँग कुरा गर्दा उसले बुझ्ने भाषामा कुरा गर्यो भने त्यो कुरा उसको मष्तिस्कमा जान्छ तर यदि तिमीले उसको बोल्ने भाषामा कुरा गर्यौं भने त्यो कुरा उसको हृदयमा गएर बस्दछ। सम्पूर्ण नेपालीको मन भित्र बस्ने प्रयत्न उनले नेपाली भाषामा बोलेर शुरुवात गरे। आफ्नो भाषा, कला र संस्कृति सम्पूर्ण मानब जातिको लागि प्राण भन्दा पनि प्यारो हुन्छ । यो कुरा बुझेका उनले सबैको मन जित्नको लागि उनले कोशिस गरे। जुन उनी पूर्ण रुपमा सफल पनि भए ।

उनले आफ्नो सम्बोधनमा नेपाल र भारत बीचको थाँती रहेका धेरै मुद्धामा प्रवेश नगरे तापनि संबिधान निर्माण, आर्थिक बिकास र भारतले गर्ने सहयोगको बारेमा आफ्नो प्रष्ट बिचार धारणा राख्न भ्याए ्र यस हिसाबले उनि स्पष्टवादी हुन्न। पालमा बिद्यमान ‘संघीय लोकतान्त्रिक गणतन्त्र’को समर्थनमा उनले खुल्लेआम उद्घोष गरे र बधाई पनि दिए । माओबादी दलले संसदीय दलको राजनीतिमा प्रवेश गरेको कुरालाई उनले उच्च सम्मान मात्र प्रदान गरेनन, प्रचण्डलाई सम्राट अशोकको उचाईमा पुर्याएर समस्त विश्वमा अश्त्रले होइन शास्त्रले राजनीति जितिन्छ भन्ने नजिर स्थापना पनि हुन्छ भन्ने आफ्नो भनाई राखे । बुद्ध नेपालमा जन्मेका हुन्ू भनेर सारा नेपालीहरु रात दिन प्रचारप्रसारमा खटिरहेको बेला भारतका प्रधानमन्त्रीले नेपालको संसदमा ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भनेर बोलिदिँदा कुन नेपालीको मन प्रफुल्ल हुदैन होला ?

उनले त्यति मात्र बोलेनन् दक्षिण एसियाली सहयोग संगठनको क्षेत्रीय बैठकमा भाग लिन आउँदा बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने आफ्नो मनसाय पनि प्रकट गरे । नेपाल एउटा सार्बभौमसत्ता सम्पन्न मुलुक हो भन्दै उनले । हाम्रो काम तपाइहरुको काममा दखल दिने, दिशा दिने अनि मन्जिलमा लाने होइन ।  नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक हो । नेतृत्व प्रदान गर्नोस हामी सहयोग गर्न तयार छौं । बुद्धको भूमिमा बिचारको कमी हुदैन ्र नेपालले हिमाल जतिकै उचाई प्राप्त गरोस ।  ‘बिश्व गौरवान्वित होस्, त्यस्तो नेपाल भएको भारतले हेर्ने इच्छा छ’ भनेर सबै नेताहरुलाई नेपाल भारतको सम्बन्धमा अझ सुद्दद गर्नको लागि नेपालले नेतृत्व लिनुपर्छ भनेर आह्वान पनि गरे ।

नेपालको नयाँ संविधानको बारेमा आफ्नो बिचार राख्दै उनले संबिधान समाबेशी हुनु पर्दछ। हर नेपाली नागरिक पहाड र तराई सबैको होस्। सर्बजन हिताय र सर्बजन सुखाय हुनुपर्छ। संविधानले जुटाउन मद्धत गर्छ फुटाउने गर्दैन, विवाद समाधानको माध्यम बन्छ । संविधानले ताकत र सामर्थ दिन्छ भन्दै सम्पूर्ण नेपालीको लागि संबिधान लेखिनुपर्छ भन्ने आफ्नो बिचार राखे ।

उनले आफ्नो सम्बोधनको क्रममा बीर गोर्खालीको बिरताको प्रशंसा गर्न पनि चुकेनन् । अझ उनले लामो समय सम्म उनको सहयोगी रहेका नेपाली जितबहादुर सारु मगरको परिवारलाई थुप्रै बर्षपछि पुनर्मिलन गराउन सहयोग पनि गरेर बास्तबमै एक निष्ठा र सहयोगको एक अनुपम उदाहरण प्रस्तुत गरे ।

छिमेकी मित्र राष्ट्र भारतको प्रधानमन्त्रीको सत्र बर्ष पछिको नेपाल भ्रमण हुनु र प्रधानमन्त्रीको हैसियतले नेपाल र भारतको सम्बन्धलाई अझ मजबुत पार्नको लागि भएको यस्तो सम्बोधन आजसम्म कुनै पनि प्रधानमन्त्रीबाट भएको थिएन । यसैकारणले पनि मोदी लाई नेपाली सबैले अधिक मन पराए भन्दा अत्युक्ति नहोला ।

यी त मैले उनको भ्रमणको सन्दर्भमा उनले गरेका सम्बोधनको सार मात्र मैले प्रस्तुत गरेको हुँ। भन्छन, ‘जो झुठ बोल्न जान्दैन उ नेता हुन् सक्दैन ।’ प्रेम र राजनीतिमा सबै जायज हुन्छ पनि भन्छन । कथनी र करनीमा ठुलो भिन्नता हुन्छ। यसकारणले आँखा चिम्लेर नेताका कुरालाई विश्वास गरि हाल्नु पनि कठिनको कुरा हो । कमसेकम हाम्रा नेताहरुको ब्यबहार र कारणले गर्दा हामी यस्तो सोच्न बाध्य हुन्छौ। तर हामी किन संधै अँध्यारो पक्ष लाई मात्र देख्ने र बुझ्ने प्रयास गर्छौ। के त्यसको उज्यालो पक्षतर्फ इंगित भएका गुणहरुलाई ग्रहण गर्न आबश्यक ठान्दैनौ ? पूर्वाग्रह जीबन पर्यन्त रहिरहन्छ र ? समय, स्थान, काल र परिश्थिति अनुरुप यसले परिबर्तन गर्दैन र ? हामी सिर्फ जड बिचारको राजनीतिलाई बढावा दिइरहेछौं । के मोदीको प्रधानमन्त्री भए पछिको सम्बोधनलाई हामी गहिरिएर सोच्न र विश्लेषण गर्न असमर्थ छौं ? तर मोदीको बिगतलाई एकपटक कोट्याउने हो भने तिनी भारतीय जनताका एक लोकप्रिय नेता हुन्।  गुजरात राज्यमा धेरै बर्ष मुख्य मन्त्री रहेका उनि गुजरातको आर्थिक समुन्नति र बिकासमा उनको नेतृत्वको सबैतर्फ चर्चाको बिषय बनेको छ। अझ उनले एक नेपाली सहयोगी जितबहादुर सारुमगरलाई एक धर्मपुत्रको रुपमा लालनपालन गरि उच्च क्षिक्षा दिक्षा दिई लामो समयसम्मको उनको परिवारसंगको बिछोडमा पुनर्मिलन गराइदिनु साँचै नै एउटा ठूलो बिशाल हृदयको सहयोगी भाबना हो ।

तसर्थ मोदीको कुरालाई शंका मात्र नगरी अब नेपालका हाम्रा नेताहरुले उनले भनेजस्तै नेतृत्व दिन सक्नुपर्छ। त्वम शरणम बनेर होइन, समकक्षीको रुपमा उभिएर बोल्न सक्नुपर्दछ। सहयोग मागेर मात्र होइन आफुमा बिद्यमान अपार जलश्रोतको सम्भाबनालाई बेच्न पनि सक्नु पर्दछ। शंकाले लंका जान्छ भनेझैं शंका र खोटमात्र मित्रतामा देख्नु हुदैन । हाम्रो बिशाल जलराशिलाई उपयोगमा ल्याउनुपर्छ । पर्यटनको बिशाल सम्भावनालाई उपयोगमा ल्याउनुपर्छ। अब देशले द्दढ अठोट र प्रतिबद्ध भएको एउटा जिम्मेवार नेताको माग गरेको छ, जस्ले मोदीको सहयोगमा आफ्नो दरिलो र गर्विलो हात मिलाउन सकोस । देशलाई नयाँ दिशा र गति दिन सक्षम बनोस ।

म यस क्षण हाम्रा थुप्रै नेताहरुको अनुहारको बीचमा हाम्रा दिबंगत दुइ नेता लाई सम्झिरहेछु। यदि यसबखत मेरो देशमा पनि मोदीको समकक्षकै कुनै त्यस्ता सामर्थवान राजनेता भैदिएको भए हाम्रो देशले पनि चाडै छलांग लाउथ्यो कि ? दक्षिण भारतका थुप्रै भारतीयहरु आफ्नो देश फर्के जस्तै हामी पनि फर्किने अवस्था धेरै टाढा हुने थिएन होला कि!मैले सम्झेको ती दुइ नेताका अनुहार हुन् महामानव विश्वेश्वरप्रसाद कोइराला र लोकप्रिय नेता मदन भण्डारी । मोदीको जस्तो प्रखर र आम मानिसको हृदय जित्न सक्ने सम्बोधन गर्ने मैले सम्झेको मदन भण्डारी हुन्। त्यसरी नै मोदीले आफ्नो सम्बोधनमा संघिय लोकतान्त्रिक गणतन्त्रको समर्थ र माओवादीको मूल राजनैतिक प्रवाहमा सम्मिलित हुनुको उच्च मुल्यांकन गर्दै सराहना गरिरहदा मैले बिपी कोइरालालाई सम्झन पुगेको हो । बिपीले पनि भारतमा निर्वासित रहँदा नेपालमा राजनैतिक मेलमिलापको नीति लिई नेपाल भुमि प्रबेश गरेको सम्झना दिलायो । ति दुइ नेता नै नेपालमा सर्बाधिक चर्चित र लोकप्रिय नेतामा गनिन्छन । जस्ले आफ्नो पार्टी र व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर राष्ट्रिय राजनीति गर्न सफल बने ।

आज हाम्रो देश लाई पनि यस्तै द्दढ, महत्वाकांक्षी र दुरदर्शी नेताको खाँचो छ । देशको अबश्थाले ठूलो चुनौती माग गरे तापनि देश, काल र परिस्थिति अनुरुप हाम्रो नेताहरुलाई राजनेता बन्न सक्ने समयले अबसर प्रदान गरेको छ । हाम्रा नेताहरु सफल बन्न सकुन। मेरो यही कामना छ । अस्तु ।

साहित्यकार श्रेष्ठ अमेरिकाको भर्जिनियामा बस्छन् ।