२९ आश्विन २०८३, बिहिबार

एशियन फेशन वीकमा पहिलोपटक नेपाली फेशन डिज़ाइनर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

disiner-paudel

काठमाडौं, २९ साउन ।  शुक्रबार बाट इन्डोनेसियाको सुराबायामा सुरु हुने ‘एशियन फेशन वीक २०१४’ मा नेपाली फेशन डिज़ाइनर मदन पौडेलले सहभागिता जनाउने हुनुभएको छ ।

फेशन डिज़ाइनरहरुलाई स्वदेशमा मात्र नभई विदेशमा पनि चिनाउने उद्देश्यले नेपाल फेशन महासंघ र नेपाल फेशन डिज़ाइनर संघको संयुक्त पहलमा यो वर्ष इंडोनेशियामा हुनु लागेको ‘एशियन फेशन वीक २०१४’ मा नेपाली फेशन डिज़ाइनर पौडेलले सहभागिता जनाउन लाग्नु भएको हो ।

यसको लागि उहाँ केही दिन अघि नै आफ्ना सहयोगीहरुको साथ् सुराबाया पुगिसक्नु भएको छ । आगामी भाद्र २ गते सोमबारसम्म चल्ने चारदिने फेशन सप्ताहमा क्याजुअल ड्रेस १० वटा, कल्चरल ड्रेस ५ वटा, इको फ्रेंडली ५ वटा, मास्टर पीस एउटा, एभन्ट गार्ड एउटा र हब्ट कटयर एउटा प्रदर्शनको तयारी गरिएको छ ।

नेपाली ढाका कपडा तथा बुट्टाहरुको पनि पहिचान अघि बढाउने उद्देश्यले डिजाईनहरु तयार गरिएको डिज़ाइनर पौडेलले जानकारी दिनुभयो ।

एशियन फेशन वीकको अफिसियल वेबसाइटमा उल्लेख भए अनुसार नेपालको प्रतिनिधित्व गर्दै डिज़ाइनर पौडेलले आइतबार इन्डोनेसिया, ब्रुनाई , क्यामरुन , अस्ट्रेलिया , बंगलादेशका डिज़ाइनरसंगै आफ्नो डिज़ाइन प्रस्तुत गर्नुहुने छ ।

फेशनकै माध्यममबाट आफ्नो राष्ट्रहरुको संस्कृति एक आपस साटासाट गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा नेपालसँगै एसियाका ५८ देशहरुको सहभागिता रहेको छ ।

इतिहासमै योपहिलो पटक नेपाली डिज़ाइनरले अन्तरास्ट्रिय स्तरको कार्यक्रममा अफिसियल सहभागिता जनाएको हो ।