२९ आश्विन २०८३, बिहिबार

जाजरकोटमा विपत, पहिरोले घर पुरिँदा आमा-छोराको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jajarkot_district

बीरबहादुर गिरी

जाजरकोट, २९ साउन । जाजरकोटको सक्ला गाविसमा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ ।

घर माथिबाट आएको पहिरोले सक्ला गाविस वडा नं ३ बन्डालाका जयलाल बोहराको घर पुरिँदा उनकी श्रीमती नबरत्नी बोहरा र छोरा नबराज बोहराको मृत्यु भएको छ ।

पहिरोमा परी घरमुली जयलाल बोहरा र उनका २ छोरी गम्भीर घाइते भएका छन् । घटनस्थलमा प्रहरी नपुग्दा घाइतेहरुको उद्धारमा समस्या भएको स्थानीय उज्वल रावलले टेलिफोनमा बताएका छन् ।