२९ आश्विन २०८३, बिहिबार

चरी प्रकरणको जिम्मा वामदेव गौतम र राजेन्द्र पाण्डेलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dinesh-adhikari-chariकाठमाडौं, २९ साउन । प्रहरी कारबाहीबाट दिनेश अधिकारी चरीको मृत्यु भएपछि उत्पन्न समस्या समाधान गर्न एमालेले गृहमन्त्री वामदेव गौतम र केन्द्रीय सदस्य राजेन्द्र पाण्डेलाई जिम्मेवारी दिएको छ।

पार्टी केन्द्रीय कार्यालय बल्खुमा बुधबार भएको एमाले पदाधिकारी बैठकले चरीको विषयमा देखिएको समस्याको उपयुक्त समाधान निकाल्न गौतम र पाण्डेलाई जिम्मेवारी दिएको हो।

बैठकमा आमन्त्रण गरिएका पाण्डेले सुरुमा सहरमा अधिकारीलाई पक्राउ गरी हत्या गरिएको भन्दै संसदीय छानबिनको मागलाई पार्टीले अघि लिएर जानुपर्ने धारणा राखेका थिए।

‘पाण्डेले अध्यक्षबाटै संसदीय छानबिन गर्न माग गरिएको भन्दै पार्टीले त्यही विषयलाई लिएर अघि जानुपर्ने धारणा राख्नुभएको थियो,’ बैठकमा सहभागी एक पदाधिकारीले भने, ‘तर, अधिकांशले गुन्डाको मनोबल बढ्ने गरी कुनै पनि अभिव्यक्ति र गतिविधि पार्टीबाट हुन नहुने धारणा राख्नुभयो।’

अधिकांश पदाधिकारीले गुन्डा र आतंककारीको जात र धर्म केही पनि नहुने भन्दै चरीको विषय लिएर पार्टी अघि बढ्न नहुने धारणा राखेका थिए।

बैठकमा उपाध्यक्ष विद्या भण्डारीले अध्यक्ष केपी शर्मा ओलीले चरीको विषयमा राखेको धारणाको विरोध गरेको समाचार आजको नागरिक दैनिकले छापेको छ ।

‘अध्यक्षले त्यस्तो धारणा व्यक्त गर्दा पार्टीलाई राम्रो भएन। त्यस्तो विषयमा अध्यक्षले बोल्ने होइन। बोल्नै पर्ने भए अरूलाई लगाउनुपर्थ्यो,’ भण्डारीको भनाइ उद्धृत गर्दै ती पदाधिकारीले भने। बैठकमा भण्डारीले २०६१ सालमा आफू गुन्डाबाट पीडित भएको घटना पनि सुनाएकी थिइन्।