काठमाडौं, २८ साउन । युवा संघ नेपाल चर्का भाषण र आन्दोलनका कुरालाई थाति राखेर जनचेतना मुलक कार्यमा अग्रसर हुन थालेको छ ।
उक्त संगठनले यही अभियान अन्तर्रगत बुधवार वागमती करिडोरमा पाँच सय बढी विभिन्न जातका विरुवा रोपेको छ । युवा संघ नेपालका प्रचार विभाग प्रमुख प्रभातविक्रम कटुवालले ‘रुख रोपौँ बाढी पहिरोबाट बचौँ’ भन्ने नारासहित युवा संघले यस्तो अभियान सञ्चालन गरे बताउनुभयो ।
संघका अध्यक्ष महेश बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा युवा संघका सयौँ कार्यकर्ताको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बस्नेतले बाढी–पहिरोका कारण दर्जनौँले अकांलमा ज्यान गुमाउनु परेको भन्दै हरेक नेपालीमा जनचेतना जगाउन यस्तो कार्यको थालनी गरेको बताउनुभयो ।
















प्रतिक्रिया