काठमाडौँ, २८ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले संविधान सबै जातजाति र भाषाभाषीको दपर्णका रुपमा ल्याइने बताउनुभएको छ ।
नेपाल विद्यार्थी संघ काठमाडौँ ३ नं क्षेत्रीय समितिको ११औँ अधिवेशनको आज जोरपाटीमा उद्घाटन गर्दै नेता केसीले सो कुरा बताउनुभएको हो । लोकतन्त्र, मानव अधिकार, र प्रेस स्वतन्त्रताका विषयमा कसैसित पनि सम्झौता नगरिकन काँग्रेसको नेतृत्वमा माघ ८ गतेभित्र संविधान जारी गर्नका लागि पार्टी पङ्क्ति क्रियाशील भएको उहाँले उल्लेख गर्नुभयो ।
नेता केसीले एक सय २५ जातजाति र १२३ भाषाभाषी भएको देशमा कुनै पनि जात विशेषको एकल जातीय राज्य हुन नसक्ने काँग्रेसको दृष्टिकोण स्पष्ट पार्नु भयो ।
नेविसंघ ३ नं क्षेत्रीय सभापति राजेश अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व सभासद् चक्रबहादुर ठकुरी ,काँग्रेस महाधिवेशन प्रतिनिधि सन्तोष चालिसे, नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य शम्भु अधिकारी, नेविसङ्घका केन्द्रीय सदस्य लीलावल्लभ दाहाल, नेविसङ्घ काठमाडाँै अध्यक्ष विजयगोपाल श्रेष्ठ, पशुपति बहुमुखी क्याम्पसका स्ववियु सभापति मनोज वैद्य, नेपाली काँग्रेस काठमाडाँै महानगरपालिका वडा नं ६ का सभापति अनमोल श्रेष्ठ, जोरपाटी गाउँ एकाइ सभापति लालबहादुर तामाङ र डा रीतेश चिमौरियालगायतका वक्ताले नेविसङ्घभित्रको गुटउपगुटको अन्य गरी तोकिएको समयमा महाधिवेशन सम्पन्न गरेर संस्थागत रुप दिनुपर्नेमा जोड दिनुभएको थियो ।
















प्रतिक्रिया