काठमाडौं, २८ साउन । प्रधानमन्त्री सुशील कोइरालाले निर्धारित समयमै संविधान जारी हुने बताउनु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार विहान नेपालका लागि चिनियाँ राजदूत वु छुन्ताईवीच भएको भेटवार्तामा प्रधानमन्त्री कोइरालाले यस्तो बताउनु भएको हो । उहाँहरुबीच द्विपक्षीय आपसी हित, संविधान निर्माण लगायतका विषयमा छलफल भएको थियो ।
भेटमा राजदूत छुन्ताईले संविधान लेखनको प्रक्रियाका विषयमा चासो राख्नुभएको थियो । जवाफमा प्रधानमन्त्री कोइरालाले संविधान निर्माणको काम चलिरहेको र निर्धारित समयमै संविधान जारी हुने बताउनु भएको थियो ।
उहाँहरुबीच नेपालमा चिनियाँ लगानी तथा समसामयिक विषयमा समेत छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
















प्रतिक्रिया