३० आश्विन २०८३, शुक्रबार

अवैध चोरी–निकासी नियन्त्रण र संरक्षण गर्न वन गस्ती

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lubrakvillage-mustang

म्याग्दी, २८ साउन । उपल्लो मुस्ताङको नेपाल–चीन सीमा क्षेत्रमा चोरी– निकासी नियन्त्रणका लागि संयुक्त वन गस्ती सुरु भएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप, प्रहरी र स्थानीय चोरी–सिकार नियन्त्रण उपसमितिको टोलीले चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएका नाकाहरुमा गस्ती गर्न थालेको हो ।

जडीबुटी, वन्यजन्तुका अङ्ग र पक्षीको अवैध चोरी–निकासी नियन्त्रण एवम् संरक्षणका लागि वन गस्ती सुरु गरेको एक्याप लोमान्थाङका प्रमुख सन्तोष शेरचनले जानकारी दिए ।

उनका अनुसार सीमा क्षेत्रका ध्ये, ताङ्ग्या, दामोदरकुण्ड, छुसाङको समर, ध्याकर, चराङ र लोमान्थाङमा गस्ती तीव्र बनाएको छ ।

चोरी–निकासीका कारण उपल्लो मुस्ताङका जडीबुटी, वन्यजन्तु र पक्षी जोखिममा परेको स्थानीयको गुनासो बढेपछि सम्भावित अपराध क्षेत्रमा निगरानी बढाएर सीमा क्षेत्रमा खानतलासी गर्न थालिएको छ ।

यसैगरी सीमा क्षेत्रमा आवतजावत गर्ने व्यापारी, मजदुर र स्थानीयलाई समेत सचेत बनाइएको छ । उपल्लो मुस्ताङमा कस्तुरी मृग, हिउँ चितुवा, हिमाली खैरो भालु, हिमाली खैरो ब्वाँसो, जङ्गली गधा, नायन, चिरु, धोवा, फ्याउ मुसा, नावर, स्याललगायतका वन्यजन्तु पाइन्छन् ।

यसैगरी डाँफे, कालिज, तिब्बतीयन स्यानग्राउन, स्नोकक, च्याखुरा र बसाइँसराइ गर्ने पक्षीको बसोबास रहेको उपल्लो मुस्ताङमा यार्सागुम्बा, कुट्की, निरमसी, पदमचाल, धुपी, हिमाली कुथ, चिराइतोजस्ता जडीबुटी पाइने गर्छ ।