२९ आश्विन २०८३, बिहिबार

नेपालीको स्वास्थ्यमा खेलाची

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ebolaकाठमाडौं, २८ साउन । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले इवोला भाइरस रोग लाई जनस्वास्थ्यको लागि अन्तरराष्ट्रिय स्वास्थ्य आपतकालिन स्थिति घोषणा गरेको ६ दिन विति सक्दा पनि सरकारले वचाउको कुनै पुर्व तयारी थालेको छैन ।

महामारी विशेषज्ञले सरकारको उदासिनतालाई आम नेपालीको स्वास्थ्यमा गर्न लागिएको खेलाचीको संज्ञा दिएका छन ।

अन्तर्राष्ट्रिय स्वास्थ्य संकट घोषणा लगतै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित सिमावर्ति नाकाहरुवाट आउने संक्रमित व्यक्ति को पहिचान गर्न क्वारेन्टाइन हेल्थ पोष्ट तुरन्त राख्नु पर्ने भए पनि हाल सम्म कुनै पहल भएको छैन ।

स्वास्थ्य मन्त्रालय, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा।बाबुराम मरासिनि मंगलवार अवेर राती सम्म कुनै पनि नाकामा क्वारेन्टाइन चेक पोष्ट राख्न नसकिएको स्विकार गर्छन ।

‘डव्लुएचओ वाट स्वास्थ्य आपात कालिन स्थिति घोषणा लगत्तै सरकारले अन्य देशवाट नेपाली भित्रिने नाकाहरुमा क्वारेन्टाइन चेक पोष्ट राखेर संक्रमित व्यक्ति को निगरानी थाल्नु पर्छ’, महामारी विशेषज्ञ एवं इपिडिमियोलजीका पुर्व निर्देशक डा।मानसकुमार बनर्जी भन्छन, ‘यो रोगको विभिषिका कसैले बुझन सकि रहेको छैन, यो आउछ जान्छ जस्तै ठानेको देखिन्छ ।’ उनले नाकाहरुमा निगरानी नगर्नु आम नेपालीको स्वास्थ्य संग खेलाची गर्नु रहेको बताए ।

सरकारले मृत्यु दर ९० प्रतिसत सम्म भएको यो रोगको लक्षण, वचाउ, सावधानी सहितको स्वास्थ्य चेतावनी तुरन्त जारी गर्नु पर्ने समेत महामारी विशेषज्ञ डा.बनर्जी बताउछन । यस्तै तुरन्त शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा विरामीलाइ छुट्टै उपचार गर्ने आइसोलेसन वार्ड इवोला वार्ड तम्तयार राख्नु पर्ने समेत उनी वताउछन ।

‘हामी कहा आइसोलेसन वार्ड निर्माण भए पनि हाल सम्म हस्तान्तरण भएको छैन’, टेकु अस्पतालका डा.शेरवहादुर पुन भन्छन, ‘इवोला उपचारको लागि छौं वार्ड , दक्ष जनशक्ति, विशेष सुरक्षा उपाय चाहियो तर हामी कहा केहि छैन ।’

टेकु अस्पतालमा इवोला उपचार पुर्व तयारीको लागि सरकार लगायतका अन्य निकायले कुनै सम्पर्क नगरेको जनाउदै डा.पुन भन्छन, ‘इवोला अति संक्रामक भएकोले विना कुनै सुरक्षा प्रकृया उपायले सम्भावित रोगीको उपचार गर्न स्वास्थ्यकर्मीहरु समेत आत्तिरहेका छन ।’

विज्ञहरुका अनुसार मुलुकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, कोदारी सहित काकडभिट्टा, सुनौली, रुपैडिया, गौरी फन्टा, जोगवनी-विराटनगर, रक्सौल-विरंगंज र गड्डा चौकीमा क्वारेन्टाइन चेक पोष्ट राख्नु पर्छ ।

एन्टरनेशनल हेल्थ रेगुलेसन (अन्तर्राष्ट्रिय स्वास्थ्य नियम) अनुसार समेत यो नाकाहरुमा मुलुकले संक्रामक रोग निगरानी गर्न क्वारेन्टाइन चेक पोष्ट राख्ने अन्तर्राष्ट्रिय सम्झौतामा धेरै अघि हस्ताक्षर गरि सकेको छ ।

‘सरकारले हामी संग भएको न्युनतम साधन श्रोतको अधिकतम उपयोग संक्रामक रोगको निगरानी गर्न सक्छ’, डा.बनर्जी भन्छन, ‘पर्यटक भन्दा पनि इवोला प्रभावित क्षेत्रमा कार्यरत हाम्रै कुनै नेपाली ले यो रोग वोकेर आउने आशंका छ ।’

इवोला को एक जना रोगी मुलुकमा आए यसको उपचार, व्यवस्थापन आदि गर्नु अत्यन्त कठिन हुने जनाउदै डा.बनर्जी भन्छन, ‘यो अति उच्च संक्रामक रोग हो, एक पटक देखिए हाम्रो मुलुकको वर्तमान स्वास्थ्य संरचनामा नियन्त्रित गर्नु सम्भव जस्तो छैन ।’

डब्लुएचओको पछिल्लो जानकारी अनुसार अनुसार यो रोगले गिनी, लाइवेरिया, नाइजेरिया र सियरा लियोनमा हाल सम्म प्रयोगशाला प्रमाणित एक हजार ८ सय ४८ विरामी देखिएका छन भने एक हजार १३ जनाको मृत्यु भइ सकेको छ । उक्त राष्ट्रमा दुई दिन मै ६९ नया केश र ५२ मृत्यु देखिएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।