३० आश्विन २०८३, शुक्रबार

महाधिवेशनमा बराबरी मत ल्याउने चारै जनालाई एमालेले केन्द्रीय बनायो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML

काठमाडौं, २७ साउन । नेकपा एमालेले नवौं महाधिवेशनमा बराबर मत ल्याउने चारै जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय बल्खुमा मंगलबार बसेको केन्द्रीय कमिटी बैठकले नवौं राष्ट्रिय महाधिवेशनमा बराबर मत ल्याउने चारै जनालाई केन्द्रीय सदस्यमा ल्याउने निर्णय गरेको सचिव पृथ्बीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

बराबर मत ल्याउने खुला केन्द्रीय सदस्यतर्फका खिमलाल भट्टराई, नागेन्द्र चौधरी, मुस्लिमतर्फ मोहम्मद महफुज अन्सारी र सिराजलाई केन्द्रीय कमिटीमा ल्याउने निर्णय भएको हो । नवौं महाधिवेशनमा भट्टराई र चौधरीले ९ सय ८६ र अन्सारी र फरुकीले नौ सय ६३ मत प्राप्त गरेका थिए ।

एमाले बैठक बिहीबार दिउँसो १ बजे बस्ने भएको छ ।