काठमाडौं, २७ साउन । प्रहरीसँगको भिडन्तमा मारिएका भनिएका डन दिनेश अधिकारी चरीका परिवारले दिएको किटानी जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ ।
जाहेरी लिएर महानगरीय प्रहरी परिसर हनुमानढोका पुगेका चरीका आफन्तलाई प्रहरीले त्यसै फर्काइदिएको हो । हनुमानढोकाले जाहेरी बुझ्न नमानेपछि चरीका आफन्तहरु महानगरीय प्रहरी आयुक्तको कार्यालय पुगेका थिए । आयुक्तको कार्यालयले पनि जाहेरी बुझ्न मानेन ।
घटनामा अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्की, डीएसपी मीरा चौधरी, इन्स्पेक्टर कुमुद ढुंगेल लगायतका प्रहरीहरु दोषी रहेकाले उनीहरुविरुद्ध किटानी जाहेरी दर्ता गर्न लागेको चरीका दाजु ध्रुब अधिकारीले जानकारी दिए ।
प्रहरीले किटानी जाहेरी दर्ता नगरे आफूहरु अदालत जान बाध्य हुने उनले बताए ।
डन चरी मारिएको एक हप्ता भइसकेको छ । धादिङ र काठमाडौंको सीमानामा पर्ने भीमढुंगामा प्रहरीको दोहोरो भिडन्तमा मारिएको भनिएपनि आफन्तहरुले त्यो अस्वीकार गर्दै आएका छन् ।














प्रतिक्रिया