२८ आश्विन २०८३, बुधबार

कतारमा आदिवासी दिवसको रमझम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

janajati-mahasang-Qatar
कृष्ण पराजुली

दोहा (कतार) । नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारले २० औं विश्व आदिवासी दिवस दोहा स्थित होटल होलिडे भिल्लामा भब्य कार्यक्रमका साथ मनायो ।

कतारमा कार्यरत ५०० भन्दा बढी नेपालीहरुको सहभागिता रहेको कार्यक्रमको सभापतित्व महासंघका अध्यक्ष विनेश तामाङ्गले गरेका थिए । प्रमुख अतिथिमा नेपाली दुतावासका कार्यवाहक राजदुत गणेशप्रसाद ढकाल थिए । कार्यक्रममा ढकालले आदिवासी जनजातिले विभिन्न कालखण्डमा देशलाई अमुल्य योगदान दिदै आएको बताउदै २० औं विश्व आदिवासी दिवसको अवसरमा सम्पुर्णलाई शुभकामना दिए ।

कार्यक्रममा अतिथिहरु आदिवासी जनजाती महासंघका संस्थापक अध्यक्ष तथा एनआरएनएका आईसिसी सदस्य अमृत गुरुङ्ग, एनआरएनए गल्फ सह संयोजक पुर्ण केसी, एनआरएनए कतारका अध्यक्ष मुक्साद आलम, जनजाती महासंघका सल्लाहकार तथा प्रवासी नेपाली मञ्चका अध्यक्ष दिल किरण खुजुम, प्रवासी नेपाली मन्च कतारका उपाध्यक्ष चानक पोख्रेल, महासंघका सल्लाहकार बिल गुरुङ्ग, देव राना, चन्द्रशेर राई, सुक बहादुर तामाङ्ग, एनआरएनका सल्लाहकार डा. देवकाजी डङगोल, नरेन्द्र भाट, एनआरएनए आईसिसी सदस्य उमेश अधिकारी, एनआरएन कतारका सल्लाहकार आरके शर्मा, एनआरएन कतारका संस्थापक अध्यक्ष कमलमणी गुरागाई, जनसम्पर्क समिति संगठन विभाग कतारका राजेशदर्शन अर्याल, अनेसासका अध्यक्ष तिर्थ संगम राई लगायत उल्लेख्य मात्रामा विभिन्न संघ संस्थाबाट सहभागिता रहेको थियो । उपस्थित अतिथिहरुले २० औं विश्व आदिवासी दिवसको अवसरमा शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा कतारको सामुदायिक प्रहरीतर्फबाट मेजर अहमद मोहम्मद अल मोहान्दी, लेफ्टिनेन्ट रियाद अहम्मद मोहम्मद, स्वास्थ्य तथा सांस्कृतिक केन्द्रका निर्देशक महा एस एलन्सार, जनसम्पर्क तथा सुचना अनुसन्धानका निशाह अब्दुल मज्जिदको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा यातायात नियम तथा सुरक्षा, स्वास्थ्य तथा जनचेतनाका बारेमा जानकारी दिईएको थियो । कतारले तोकेको कानुनलाई मध्यनजर गर्दै सचेत नेपाली समुदायको पहिचानका लागी अनुशासित ढ्ङ्गबाट अगाडि बढ्नु पर्ने उनीहरुले बताए । रंगित सास्कृतिक कार्यक्रमले हललाई मनोरन्जनात्मक बनाएको थियो । विभिन्न समुदायबाट आफ्नो सस्कृति झल्किने खालका भेषभुषा तथा जनजाती सांस्कृतीक कार्यक्रम सभाहलको विषेश आर्कषण बनेको थियो । देवराज राई ले सन्चालन गरेको कार्यममा शियाराम चौधरीले उपस्थित सबैलाई स्वागत गरेका थिए ।

janajati-mahasang-Qatar1

उक्त सभा हलमा २० औं विश्व आदिवासी दिवसको अवसर पारेर प्रथम मातृभाषा कविता प्रतियोगिता सम्पन्न भयो । विभिन्न संस्थाहरुबाट २३ जना कविहरुको सहभागि थियो जसमा १९ जना फाईनलमा प्रवेश गरेका थिए भने १० जनाले प्रमाण पत्र साथै पुरस्कार पाएका थिए । प्रथम स्थान मिङसो पुर्ण सुहाङ्गले हात पारे ।

त्यस्तै दोश्रो बिक्रम चेतनशिल राई, तेश्रो पुर्णकान्छा गुरुङ्ग, चौथो राजु मुखिया, पाचौ प्रविण राई, छैठौं मंगल सिं लिम्बु, सातौ चन्दशेर राई, आठौ बिष्णुमाया सुनार, नवौ डिएन मगर र दश स्थानमा पिङकी मगर रहेका थिए । उक्त प्रतियोगितामा निर्णायक मण्डलको संयोजक तिर्थसंगम राईले कविता वाचनका नियमहरु बताएका थिए । सबै कविताहरु अत्यन्तै मार्मिक र राम्रा रहेको उनले बताए । अन्त्यमा सभापति तामाङ्गले उपस्थित सबैमा आभार प्रकट गर्दै २० औं विश्व आदिवासी दिवसको शुभकामना दिए ।