इलाम, २७ साउन । विषादी सेवन गरेर पूर्वी इलामको श्रीअन्तुमा एक बालकले आत्महत्या गरेका छन् ।
चियाको बोटमा झार मार्न राखिएको विषादी खाएर श्रीअन्तु–३ का १६ वर्षीय साजन तामाङले सोमबार आत्महत्या गरेका हुन् ।
बालकले विषादीलाई चियामा मिसाएर सेवन गरेको प्रहरीले जनाएको छ । जिल्ला अस्पतालमा शव परीक्षणपछि आफन्तले लगेका छन् ।
















प्रतिक्रिया