३० आश्विन २०८३, शुक्रबार

ओली निवासमा एकाबिहानै किन पुगे नेपाल ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-sharma-oli-Madhav-Nepalकाठमाडौं, २७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र शीर्ष नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

मंगलबार बिहान ओली निवास बालकोटमा भएको भेटमा एमाले केन्द्रीय कमिटी बैठक र समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल भएको हो ।

केन्द्रीय कमिटीको बैठकमा समान धारणा लैजाने तथा सकभर गुटबन्दीको झल्को नदिन नदिने गरी प्रस्तुत हुने विषयमा दुई नेताबीच छलफल भएको छ ।

यसैगरी, वर्तमान सरकारको कार्यशैली, २६ सभासद्को मनोनयन र संविधान लेखनमा देखिएका जटिलताका विषयमा पनि उहाँहरुबीच छलफल भएको नेता ओलीको सचिवालयले जनाएको छ ।