३० आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्री कोइरालालाई टिबी रोग भएको आशंका

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-Koirala

काठमाडौं, २७ साउन । विभिन्न रोगले गाँजिएका प्रधानमन्त्री सुशील कोइरालालाई फेरि क्षयरोग (टिबी) को आशंका गरिएको छ ।

क्षयरोगको संक्रमण भएको आशंकामा चिकित्सकहरुले छातीको चेकजाँच गरेका छन् । परीक्षणका क्रममा प्रारम्भिक चरणको क्षयरोगको संकेत देखिएको मेडिकल डाक्टर समेत रहेका कांग्रेस नेता डा. शेखर कोइरालाले बताउनुभयो ।

अहिले प्रधानमन्त्री कोइराला खोकीबाट ग्रस्त हुनुहुन्छ । क्षयरोगकै आशंकामा गत बिहीबार ओम अस्पतालमा कोइरालाको छातीको सिटी स्क्यान गरिएको थियो । यद्यपि रिपोर्ट आउन बाँकी रहेको बताइएको छ । क्षयरोगको आशंका गरिएपनि आत्तिनुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।

कोइरालालाई क्षयरोग भए, नभएको बारेमा कोइरालाका निजी चिकित्सक समेत रहेका शिक्षण अस्पतालमा वरिष्ठ चिकित्सक करवीरनाथ योगीले जाँच गरिरहनुभएको स्रोतले बतायो । योगी क्षयरोगको विशेषज्ञ समेत मानिनुहुन्छ ।

फोक्सोको क्यान्सरको प्रारम्भिक उपचार गराएर अमेरिकाबाट केही साता अघि फर्कनुभएका प्रधानमन्त्री कोइरालालाई थेरापीपछि क्यान्सर भने घटेको देखिएको छ । तर, अहिले उच्च ज्वरो, रक्तचाप र खोकीबाट उहाँ पीडित हुनुहुन्छ । जसका कारण अधिकाँश समय उहाँ सरकारी निवास बालुवाटारमै आराम गरेर बसिरहनुहुन्छ ।