२९ आश्विन २०८३, बिहिबार

मलेसियामा सडक दुर्घटनामा दुई नेपालीको ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Malayasia-Nepali-mirtu

अर्जुन काफ्ले

मलेसिया । मलेसियाको पेनाङ्गमा साइकलमा सवार रहेका दुई नेपालीको कारको ठक्करवाट मृत्यु भएको छ ।

राती साथीको कोठा पुगेर फर्कने क्रममा पेनाङ्गको कासावारीको ताम्वुन रेड लाइट नजिकै कारको ठक्करबाट पेनाङ्गको सिम्पाङ्ग आम्पात श्रीतामुन स्थित रेनाइजेसन प्लास्टर वोर्डमा कार्यरत पाँचथर नवमीडाडा भोगटेनीका रामकुमार तामाङ्ग र सप्तरी प्रासवानीका शिवकुमार सरदारको मृत्यु भएको हो ।

घटनापछि उनीहरुको शवलाईसुङ्गगाइ वकाप अस्पतालमा राखिएको छ । मृतक तामाङ्ग ६ वर्ष अघि र सरदार ९ महिना अघि काठमाडौको खुस्वु इन्टर प्राइजेज म्यानपावरमार्फत रोजगारीका सिलसिलामा मलेसिया आएको थिए । तामाङ्गका एक छोरा चार छोरी र श्रीमती रहेका छन भने सरदारका २ छोरा, एक छोरी र श्रीमती रहेको बुझिएको छ ।