२९ आश्विन २०८३, बिहिबार

चितनवका सहायक वन अधिकृतले गरे आत्महत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aatmahatya-sucide

चितवन, २७ साउन । चितवनका सहायक वन अधिकृतले रामनगरस्थित जंगलमा आत्महत्या गरेका छन् ।

भरतपुर–१० निवासी सहायक वन अधिकृत ४४ वर्षीय रविप्रसाद तिमिल्सिनाले आत्महत्या गरेको चितवनका निमित्त प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो ।

भरतपुर नगरपालिका–१ स्थित सतनचुली सामुदायिक वनभित्र रूखमा झुन्डिएको अवस्थामा सोमबार साँझ उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दाउरा खोज्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको शवलाई अहिले परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । तिमिल्सिना देवघाटमा सहायक वन अधिकृतका रुपमा कार्यरत हुनुहुन्थ्यो ।