२९ आश्विन २०८३, बिहिबार

दसैंलाई ३५ सय खसीबोका ल्याउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khasi-bokaकाठमाडौं, २७ साउन । नेपाल खाद्य संस्थानले दसैंका लागि तीन हजार पाँच सय खसीबोका ल्याउने भएको छ। नेपाली बजारको माग र खपत हुने बजारलाई निर्धारण गर्दै संस्थानले खसीबोका ल्याउन लागेको हो। गत वर्ष पनि संस्थानले यति नै संख्यामा खसीबोका आयात गरेको थियो।

संस्थानका प्रवक्ता नवराज उपाध्यायले यो वर्ष पनि मागअनुसारै खसीबोका ल्याउन लागिएको बताए। दसैंको मागलाई हेर्दा काठमाडौंका लागि यति नै पर्याप्त हुने उपाध्यायको दाबी छ।

‘हामीले अनुमान गरेको संख्यामा पनि फरक पर्नेछैन। मूल्यमा पनि खासै फरक नपर्ने देखिएको छ,’ उनले भने। संस्थानले भारतसहित नेपालगन्ज, सुर्खेत, उदयपुर लगायत जिल्लाबाट खसीबोका काठमाडौं ल्याउने तयारी गरेको उपाध्यायले जानकारी दिए।

नेपाल पशुपक्षी व्यापार संघले भने ४० हजार खसीबोका काठमाडौं भित्राउने तयारी थालेको छ। गत वर्ष पनि संघले यही संख्यामा खसीबोका आयात गरेको समाचार आजको नागरिक दैनिकले छापेको ।

संघमा आबद्ध तीन सय व्यवसायीले खसीबोका ल्याउने संघका अध्यक्ष दीपक थापाले बताए। संस्थानले यो वर्ष मूल्य नबढ्ने संकेत दिएको भए पनि संघले भने मूल्य बढ्ने जनाएको छ। मासुको मूल्य पनि गत वर्षभन्दा केही प्रतिशतले बढेका कारण यो वर्ष जिउँदो खसीको मूल्य बढ्ने थापाले जानकारी दिए।

‘नेपालको आन्तरिक उत्पादनले मात्र नधान्ने भएकाले भारतबाट आयात गर्दा महँगो मूल्य तिर्नुपर्छ,’ थापाले भने, ‘त्यसैले बजारमा मूल्य बढ्ने पक्का छ।’

संघले भारतका विभिन्न राज्यबाट र नेपालको नेपालगन्ज, सुर्खेत, सल्यान, जनकपुर, गौर, सर्लाही, नुवाकोटबाट खसीबोका ल्याउनेछ।

जिउँदो खसी तथा बोकाको मूल्य किलो र स्वास्थ्यका आधारमा निर्धारण गरिने थापाले बताए। संस्थानले गत वर्ष ३० किलोभन्दा माथिको खसीको मूल्य प्रतिकिलो तीन सय ९५ रुपैयाँ, २५ किलोदेखि ३० किलोसम्मको जिउँदो खसीको मूल्य प्रतिकिलो तीन सय ९० रुपैयाँ, २० देखि २५ किलोसम्मको जिउँदो खसीको मूल्य प्रतिकिलो तीन सय ८५ रुपैयाँ र २० किलोसम्मको जिउँदो खसीको मूल्य प्रतिकिलो तीन सय ७० रुपैयाँ कायम गरेको थियो। दसैं घटस्थापनाको भोलिपल्टदेखि सामान्यतयाः खसीबोकाको बिक्री सुरु हुने भए पनि संस्थानले गत वर्ष घटस्थापनाअघि नै बिक्री सुरु गरेको थियो।गा