२८ आश्विन २०८३, बुधबार

सहुलीयतको चिनी आयात नहुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sugerकाठमाडौं, २७ साउन । सरकारले यो वर्षको दसैंतिहार लागि सहुलीयत दरमा चिनी आयात नगर्ने भएको छ । विगत वर्षमा सरकारले १ प्रतिशत भन्सार सहुलियमा चिनी आयात गर्दै आएको थियो ।

चाडपर्वलाई आवश्यक पर्ने चिनी स्वदेशी उद्योगीले आपूर्ति गर्न सक्षम रहेको बताएपछि सरकारले सहुलियत दरमा चिनी आयात नगर्ने भएको हो । भारतमा चिनीमा लाग्ने महसुल गत वर्षको तुलनामा १५ प्रतिशत बढाएपछि सरकारले चिनी आयात नगर्ने बताएको हो । भारतमा गत वर्षमा चिनीको भन्सार २५ प्रतिशत मात्र थियो ।

यस वर्षमा बढाएर ४० प्रतिशत पुर्‍याइएको छ । भारतबाट चिनी नल्याउने भएपछि साल्ट ट्रेडिङ कर्पोरेसनले निजी उद्योगबाट चिनी आपूर्ति गर्न भर्खर प्रस्ताव आह्वान गरेको समाचार आजको नागरिक दैनिकले छापेको छ ।

आफूहरुसँग चिनीको मौज्दात पर्याप्त रहेको र कर्पोरेसनले प्रस्ताव गरेभन्दा बढी परिमाणमा उपलब्ध गराउन तयार रहेको नेपाल चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले बताए । ‘उद्योगीले अहिले चिनीका राम्रो मूल्य पाउन सकेका छैनन्,’ उनले भने, ‘हामीसँग पर्याप्त मौज्दात रहेकाले राजस्व गुमाएर विदेशबाट चिनी ल्याउनु आवश्यक छैन् ।’