धुलिखेल, २७ साउन । स्वास्थ्य सेवामा नाफाखोर प्रवृत्ति बढेको जनाउँदै मुख्यसचिव लीलामणि पौडेलले काठमाडौं विश्वविद्यालयलाई यस्तो ‘चलखेलु बाट टाढै रहन सुझाव दिएका छन्।
काठमाडौं विश्वविद्यालयले दुई मेडिकल कलेजलाई सम्बन्धन दिएर गुणस्तरमा ‘सम्झौता गर्न लागेकोु प्रति दुखेसो गर्दै धुलिखेलस्थित धुलिखेल अस्पतालमा सोमबार आयोजित कार्यक्रममा मुख्यसचिव पौडेलले यसबाट आफूलाई ‘रोलमोडलु विश्वविद्यालय धराशायी हुने चिन्ता लागेको बताए।
‘केयुले दुई कलेजलाई सम्बन्धन दिएको समाचार पढ्दा मलाई निकै डर लाग्यो,ु पौडेलले भने, ‘यो विकृतिको खेलमा केयु र तपाईंहरू पनि लाग्नुभएको हो कि भनेर चिन्ता लागेको छ।’ ‘चाँडै कमाउने दौडु बाट पृथक् रहनसमेत उनले केयु र अस्पताल व्यवस्थापनसँग आग्रह गरे।
केयुले २०६६ देखि रोकिएको सम्बन्धन खोल्दै साउन पहिलो साता विराटनगरको विराट मेडिकल कलेज र भैरहवाको देवदह मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको थियो।
आफूले धुलिखेल अस्पताललाई गुणस्तरीय सेवा खरिदयोग्य मूल्यमा दिने संस्थाका रूपमा बुझिरहेको उनले बताए। पछिल्ला दिनमा धेरै उपकरण र औषधि पहिले नेपालका गरिबमाथि परीक्षण गर्ने प्रवृत्ति हाबी भएको औंल्याउँदै मुख्यसचिव पौडेलले यस्ता चलखेलप्रति सचेत रहन पनि अस्पताललाई आग्रह गरे।
स्वास्थ्य सेवालाई माफियामुक्त गर्ने अभियानका नेतृत्वकर्ता डा। गोविन्द केसीको अनशनपछि गठित समितिले मेडिकल कलेज नभएका ठाउँमा मात्रै नयाँ खोल्न दिन सुझाएको समाचार आजको नागरिक दैनिकले छापेको छ ।
केयुले यो सुझावविपरीत निर्णय गरेकाले ‘आर्थिक चलखेल र राजनीतिक दबाबु का आधारमा भएको आशंका गरिएकै बेला मुख्यसचिवको चिन्ता सार्वजनिक भएको हो।
धुलिखेल अस्पतालमा अत्याधुनिक प्रयोगशाला उद्घाटनपछि बोल्दै मुख्यसचिव पौडेलले स्वास्थ्यमा आधुनिक प्रविधिसँगै तीव्र व्यापारीकरण बढेको र त्यसबाट नाफाखोर प्रवृत्ति हाबी भएको टिप्पणी गरेका थिए।













प्रतिक्रिया