२८ आश्विन २०८३, बुधबार

अमेरिकामा यसरी मनाइयो जनैपूर्णिमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

janaipurnima-DC3

विजय थापा 

भर्जिनिया । अमेरिकाको डिसी महानगर क्षेत्रमा नेपाली संस्कृतिको रक्षा गरौ भन्ने मूल नाराको साथ स्थापना भएको डिसी नेपाली समाजले बिगत बर्ष झैँ यस बर्ष पनि श्रावण शुक्लपक्षको पूर्णिमा तिथिको साइतमा जनै पुर्णिमा र रक्षा बन्धन मनाएको छ ।

बिगत ४ बर्षदेखि जनैपूर्णिमा मनाउँदै आएको संस्थाले आफ्नो संस्कृति तथा धर्मको रक्षा गर्ने मुख्य उद्देश्य राखेको अध्यक्ष अरुण रुपाखेतीले बताए । बिदेशमा रहेका बालबालिका तथा भावी सन्ततिलाई यसको महत्व बारे जानकारी गराउँदै उनीहरुलाई हस्तान्तरण गरिने उनले बताए ।

janaipurnima-DC

संस्थाका महासचिव कमल पोखरेलले बिगतका बर्षमा आएका श्रद्धालु भक्तजनको आंकडा दिदै यस बर्ष बिदाको दिन परेकोले धेरै समुदाय सदस्य आएको बताउनुभयो । संस्थाले नेपाली संस्कृतिलाई पस्किने जमर्को गरेको बताउँदै उनले आउने सबैलाई जनै ,डोरा र नौ जातका अङ्कुरित गेडागुडी मिसाएर पकाएको पौष्टिक तत्वयुक्त क्वाँटी खुवाएको जानकारी दिए ।

संस्थाका अर्का पदाधिकारी दधि ढुंगानाले यो कार्यक्रमको लागि पूर्ण तयारी साथ प्रस्तुत भएको भन्दै पण्डित राजेन्द्र खनाल द्वारा सबैलाई डोरा लगाईदिनुको साथै जनै पनि वितरण गरिएको बताए ।

janaipurnima-DC1