२९ आश्विन २०८३, बिहिबार

चरीका आफन्त भन्छन्, ‘हत्यामा प्रहरी प्रमुखको पनि संलग्नता छ, कोठामा मारेर भीमढुंगामा फालियो’

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chari-hatya-press-meet

काठमाडौ, २६ साउन । नेकपा एमाले धादिङ सभासद् गुरुप्रसाद बुर्लाकोटीले ‘डन’ दिनेश अधिकारी अधिकारी ‘चरी’को हत्याको छानविन गर्न संसदीय समिति गठन नगरे संसद अवरुद्ध पार्ने चेतावनी दिनुभएको छ ।

दिनेश अधिकारी हत्या प्रकरण सरोकार समितिले सोमबार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा त्रिपाठीले कुनै पनि नागरिक मार्न नपाइने बताउनुभयो । चरीको छातीमा गोली लागेको घटनाले शंका गर्ने प्रशस्त ठाउँ देखाएको भन्दै उहाँले गृहमन्त्रीले संसदमा दिएको अभिब्यक्ति पनि आपत्तिजनक भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो– ‘मान्छे मार्न पाईदैन । गल्ती भए कारबाही गर्नुपर्छ । सम्पत्तिको छानविन गरे हुन्छ । हाम्रो त्यसमा कुनै आपत्ति छैन ।’

उहाँले घटनामा संलग्न प्रहरी अधिकारीलाई तत्काल निलम्बन गरेर छानविन गर्न माग गर्नुभयो । त्रिपाठीको भनाइलाई धादिङ्का अर्का एमाले सभासद धनबहादुर घलेले पनि ऐक्यबद्धता जनाउनुभएको थियो ।

दिनेश अधिकारी हत्या प्रकरण सरोकार समितिका संयोजक ध्रुव अधिकारीले शिक्षण अस्पतालमा कसैलाई पनि जान नदिने गरी लगाइएको बन्देज आफैमा शंकास्पद भएको भन्दै अधिकारी हत्या अघिको पूर्व अवस्था र पोष्टमार्टमको रिपोर्टको यथार्थ बाहिर ल्याउन पर्ने माग गर्नुभयो ।

चरीको हत्या प्रकरणले प्रहरी जनताविरुद्ध प्रयोग हुन थालेको स्पष्ट भएको भन्दै उहाँले चरीको अप्राकृतिक मृत्यु भएको कुरा स्वयम गृहमन्त्रीको बक्तब्यबाट समेत पुष्टि भइसकेको दाबी गर्नुभयो ।

सरोकार समितिका सदस्य एवम् दिनेश अधिकारीका मामा प्रेम बहादुर थापाले आफूहरुले चरीको हत्याको सत्यतथ्य छानविन होस् भनेर मात्र माग गरेको बताउनुभयो । थापाले आफूहरुले सिँगो प्रहरीको विरोध भन्दा पनि प्रहरीको प्रवृत्तिको विरोध गरेको बताउनुभयो । चरीलाई कतै बन्द कोठामा मारेर भीमढुँगामा लगेर फालेको उहाँको आरोप छ । थापाले भन्नुभयो– ‘सत्यतथ्य ल्याउन पनि न्यायिक छानविन समिति बनाउनुपर्छ ।’

थापाले अधिकारी हत्याको छानविन गर्न बार एसोसिएसन, पत्रकार महासंघ र मानवअधिकार आयोगका पूर्व पदाधिकारीहरुको संयूक्त टोली बनाउन पनि माग गर्नुभयो । खिलराज रेग्मी प्रधानमन्त्री भए देखिनै गैरन्यायिक हत्या बढेको भन्दै उहाँले यो घटना प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालसँग जोडिएको दावी गर्नुभयो ।