३० आश्विन २०८३, शुक्रबार

आश्चर्य ! नब्याएको बाछीले दूध दिन थाल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

milk-cow

सप्तरी, २६ साउन । कञ्चनरुप नगरपालिका–८ स्थित रुपनगरमा एउटा बाछीले बिना ब्याएरै दूध दिन थालेपछि स्थानीय जनता अचम्मित बनेका छन् ।

गाईलाई दूध दिन बाछा वा बाछी जन्मिनु पर्दछ तर, गर्भाधारणसमेत नगरेको बाछीले एक्कासि दूध दिन थालेपछि स्थानीय जनता अचम्मित बनेका हुन् । कञ्चनरुप नगरपालिका–८ निवास मुरारी पोखरेलले पालेको बाछीले विगत दुई महिनादेखि दूध दिँदै आएको छ ।

“थुन बाक्लिएको देखेपछि छुन जाँदा दूध पो निस्कियो,” पोखरेल भन्नुहुन्छ – “त्यसपछि दूध दुहुन थाल्दा दुई लिटरसम्म दूध निस्कियो ।” गत २०७१ जेठ महिनादेखि दूध दिन थालेको बाछीले अहिले दैनिक चार लिटरसम्म दूध दिँदै आएको पोखरेलको भनाइ छ ।

उहाँले भन्नुभयो – “गत २०७० फागुनमा बाछीसँग साँढे लागेको थाहा छ, तर बाछीले अहिलेसम्म गर्भाधारण गरेको छैन । नब्याएरै बाछीले दूध दिन थालेपछि त्यो हेर्न दैनिक सर्वसाधारणको भीड लाग्ने गरेको छ ।”

बिहान दुई लिटर र बेलुका दुई लिटर गरी बाछीले दिने चार लिटर दूध पोखरेलको परिवार आफँैले उपभोग गर्दै आएका छन् । अन्य गाईको भन्दा बाछीले दिएको दूध राम्रो भएको उहाँको भनाइ छ ।

गत २०६९ मा गाउँमै नन्दराज सङ्ग्रौलाको घरमा पुराण लागेको थियो । सङ्ग्रौलाले पुराण वाचन गर्ने पण्डितलाई दान गरेको यो बाछी पण्डितले घर टाढा रहेको भन्दै पोखरेललाई पाँच हजार ५०० मा बेचेका थिए । रासस