विजय थापा
भर्जिनिया । नेपालका उत्पीडित बर्गको उत्थानको लागी अमेरिकामा स्थापना भएको नेपाली अमेरिकन सोसाईटी फर अप्रेस्ड कम्युनिटी ९नासो० तेश्रो अधिवेसनबाट गोपाल बिश्वकर्माको अध्यक्षतामा नयाँ कार्यकारी समितिको चयन भएको छ ।
तेश्रो अधिवेशन फरक प्रस्तुतिको साथ नयाँ कार्यसमितीलाई समाबेसी बनाउन सुरुवात गरेको छ । दलित सम्बन्धि सशक्त आवाज उठाइरहेको नासोमा ब्राम्हण, क्षेत्री, गुरुङ तथा नेवार समुदायका सदस्यहरुलाई पनि समाबेस गर्दै उदाहरणीय बनाउने प्रयास गरिएको छ ।
नयाँ कार्यकारी समितिको उपाध्यक्षमा धन नेपाली, महासचिव बिष्णु रसाइली, सचिवमा दुर्गा बिक चयन भएका छन् ।
कार्य समितिको सदस्यमा जगन बिक सदस्य, सिता परियार, इच्छा बिक, ज्ञानेन्द्र बिक, डा डम्बर बहादुर गुरुङ निर्वाचित भएका छन् भने डा गोपी उप्रेती, प्रेम संग्रौला तथा खेम भट्टचनलाई सल्लाहकार नियुक्त गरिएको छ । यसैगरी, सूचना प्रबिधि निर्देशकमा मधु सुदन श्रेष्ठ चयन भएका छन् ।

कार्यक्रममा संचारकर्मी खेम भट्टचन तथा संचारकर्मी लेखनाथ भण्डारीलाई समेत सम्मान गरिएको थियो । यसैगरी, संचारकर्मी विश्व थापाबाट संचालित इनेपलिज डटकम लगायतका संचारमाध्यमलाई पनि सम्मान गरियो ।
कार्यक्रम निवर्तनमा अध्यक्ष दिपक जंग विश्वकर्माको सभापतित्वमा भएको थियो । उनले फ्नो कार्यकालमा सहयोगलाई धन्यबाद दिएका थिए ।
नेपाली दुतावास, वाशिंगटन डिसीका उपनियोग प्रमुख नारायणप्रसाद मैनालीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा निर्बाचन प्रमुख प्रकाश नेपालले पनि मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाल प्रवासी मञ्चका महासचिव प्रभु थापा र बानाका अध्यक्ष विजय श्रेष्ठले पनि शुभकामना दिएका थिए ।















प्रतिक्रिया