२९ आश्विन २०८३, बिहिबार

कांग्रेस–एमाले असन्तुष्टि बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congressकाठमाडौं, २५ साउन । सत्तारुढ नेपाली कांग्रेस र नेकपा ९एमाले० बीच पछिल्लो समय असन्तुष्टि बढेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताले सरकार गठनका क्रममा दुई दलबीच भएको सातबुँदे सहमति कार्यान्वयन हुन नसकेको र एमालेका मन्त्रीहरुलाई काम गर्न नदिएको भन्दै असन्तुष्टि जनाउन थालेका छन्।

साझेदार दलका नेताले सरकारकै आलोचना गर्न थालेपछि कांग्रेसका नेता पनि एमाले नेताप्रति असन्तुष्ट छन्। दुई दलका नेता एकापसमा जुहारीमै उत्रिएका छन्।
कांग्रेसले आफूहरुलाई सत्तासाझेदार दलभन्दा पनि सहयोगीका रुपमा मात्रै व्यवहार गरेको एमाले नेताको गुनासो छ।

‘सत्तासाझेदारीमा नेपाली कांग्रेसले एमालेलाई राजनीतिक साझेदारभन्दा पनि सहयोगीजस्तो व्यवहार गर्न खोजेको छ,’ एमाले महासचिव ईश्वर पोखरेलले भने, ‘कांग्रेसले आफूसँग रहेका मन्त्रालयका निर्णयमा आफूले चाहेको जस्तो गर्ने, तर एमाले नेतृत्वका मन्त्रालयमा हस्तक्षेप गरेर काम अड्काउने गरेको छ।ु’

एमालेका मन्त्रीहरुले सार्वजनिक तथा पार्टीका बैठकहरुमा प्रधानमन्त्री र नेपाली कांग्रेसका मन्त्रीबाट आफ्नो काममा व्यवधान गरेको गुनासो गरेपछि पार्टी नेतृत्वले नै कांग्रेस नेतृत्वप्रति असहमति प्रकट गर्न थालेको हो।

नेपाली कांग्रेससँग सम्बन्ध चिसिँदै गएको अवस्थामा एमाले अध्यक्ष ओलीले शनिबार आफ्नो पार्टीका मन्त्रीहरुलाई बोलाएर सरकारको भूमिका र मन्त्रीहरुलाई परेको अप्ठ्यारोबारे छलफल गरेको आजको नागरिक दैनिकले छापेको छ ।

ओली निवास बालकोटमा भएको छलफलमा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमसहित पार्टीबाट मन्त्री रहेका छ नेता उपस्थित थिए।

भूमिसुधार तथा व्यवस्थामन्त्री दलबहादुर राना, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, स्वास्थ्यमन्त्री खगराज अधिकारी, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र उद्योगमन्त्री कर्णबहादुर थापा ओली निवास पुगेका थिए।

उनीहरुले आफूहरुले गर्न लागेको काममा कांग्रेस मन्त्रीहरुबाट असहयोग गर्ने र व्यवधान खडा गर्ने काम भएको गुनासो पार्टी अध्यक्ष ओलीसँग गरेका थिए। छलफलमा मन्त्रीहरुले सत्ता साझेदार दल र प्रधानमन्त्री दुवै सहयोगी नभएको भन्दै त्यस विषयमा कांग्रेससँग छलफल गर्न आग्रह गरेका थिए।