२९ आश्विन २०८३, बिहिबार

ओलीसँग ६ जना मन्त्रीको ब्रिफिङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-Oliकाठमाडौं, २५ साउन । एमाले मन्त्रीहरुले प्रधानमन्त्री सुशील कोइराला र कांग्रेसका मन्त्रीहरुले अनावश्यक तगारो हालेको आरोप लगाएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निजी निवास बालकोटमा शनिबार ब्रिफिङ गर्दै उनीहरुले कांग्रेसले सत्ता साझेदारकोभन्दा पनि राजनीतिक सहयोगीको व्यवहार गरेको आरोप लगाए ।

उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले सरकार सञ्चालमा प्रधानमन्त्रीको भूमिका र कांग्रेसको प्रवृत्ति नकारात्मक रहेको बताए ।

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आफ्ना मन्त्रालयले गरेका कामका प्रगति र समस्या अध्यक्षलाई जानकारी गराएको बताए । ‘व्यक्तिगतरुपमा प्रधानमन्त्री वा कुनै मन्त्रीहरुको व्यवहार र आलोचना भएन,’ उनको दाबी थियो, ‘हाम्रा अप्ठ्यारा र बाध्यताका विषयमा जानकारी गरायौं ।’

अध्यक्ष ओलीसँग सामान्य प्रशासन मन्त्री पण्डित र भूमिसुधार मन्त्री दलबहादुर रानाले संसदमा विद्येयक रोकिएको बताएका थिए भने परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले राजदूत नियुक्तिमा व्यवधान झिकिएको बताएका थिए ।

स्वास्थ्यमन्त्री खगराज अधिकारीले वीर अस्पतालमा विवाद समाधानका लागि आफूलाई रोकिएको, पदाधिकारी नियुक्ति गर्न नदिएको, मन्त्रालय सचिवविहीन हुँदा पनि चासो नदिएको आरोप लगाएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

उद्योग मन्त्री कर्णबहादुर थापाले उद्योग बन्द हुँदा पनि समस्या समाधानका लागि प्रधानमन्त्री र कांग्रेस मन्त्रीहरुले असहयोग गरेको आरोप लगाए ।