२९ आश्विन २०८३, बिहिबार

अशोक राई एक्लिँदै, उपाध्यक्षसहित तीन जनाबाट पार्टी परित्याग, एमालेमै फर्कने तयारी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sanghiya-samajwadi-partyकाठमाडौं, २४ साउन । शीर्ष नेताहरुले धमाधम पार्टी छाड्न थालेपछि संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राई एक्लिन थालेका छन् ।

पार्टीका उपाध्यक्ष विजय सुब्बासहित तीन जनाले शनिबार पार्टी परित्याग गरेपछि राईलाई झन् ठूलो झट्का लागेको छ । सुब्बासँगै सचिव एवं संघीय समाजवादी महिला संघकी अध्यक्ष मीना गुरुङ र केन्द्रीय सदस्य चन्द्रलाल केप्छाकी मगरले पनि पार्टी परित्यागको घोषणा गरेका छन् ।

पार्टी अध्यक्षको कार्यशैलीप्रति विमति राख्दै पार्टी छाडेको सुब्बाले बताएका छन् ।

एमाले छाडेर संघीय समाजवादीको उपाध्यक्ष बनेका गोपाल ठाकुरसहितका मधेसका नेताहरुले यसअघि नै संघीय समाजवादी छाडिरहेका छन् भने रिजवान अन्सारी पनि निस्कृय छन् ।

संघीय समाजवादी छाडेका नेताहरु फेरि एमाले नै सम्भावना बढेको छ । रिजवानलाई पार्टीमै फर्काउन एमाले पनि सकारात्मक देखिएको बताइएको छ ।