काठमाडौं, २४ साउन । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस र विपक्षी दल एमाओवादीबीच छलफल भएको छ ।
छलफलमा संविधानका अन्तरवस्तुलाई आपसी समझदारीबाटै निष्कर्षमा पुर्याउन कांग्रेस र एमाओवादी सहमत भएको बुझिएको छ ।
‘त्यसका लागि आन्तरिक र बहुपक्षीय छलफलका लागि सबैसँग सहकार्य गर्ने सहमति भएको छ,’ बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
सत्तारुढ दल नेपाली कांग्रेसले पहलमा बसेको बैठकले संविधानका अन्तरबस्तुबारे सहमति खोज्ने गरी कांग्रेस उपसभापति रामचन्द्र पौडेल र वनमन्त्री महेश आचार्यलाई जिम्मा दिइएको बताइएको छ ।














प्रतिक्रिया