काठमाडौं, २४ साउन । कांग्रेसका दुई दर्जन केन्द्रीय सदस्यहरुले छ महिनादेखि पार्टी केन्द्रीय समिति बैठक नबसेकोमा आपत्ती जनाउँदै तत्काल बैठक डाक्न लिखित माग गरेका छन्।
शुक्रबार पूर्वउपसभापति गोपालमान श्रेष्ठ, नेता अर्जुननरसिह केसी सहितका २४ केन्द्रीय सदस्यहरुले पार्टी संस्थागत रुपमा अघि नबढेको भन्दै तत्काल केन्द्रीय समिति बैठक डाक्न माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा लिखितपत्र दर्ता गरेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
ुपार्टीलाई संस्थागत र विधानसंवत रुपमा अघि बढाउने सभापतिजीकै प्रतिवद्धता अनुसार केन्द्रीय समिति बैठक डाकेर छलफल गर्न निवेदन दर्ता गरिएको छु २४ केन्द्रीय सदस्यहरुले संयुक्त रुपमा हस्ताक्षर गरी केन्द्रीय समितिमा दर्ता गरिएको पत्रमा भनिएको छ ।
केन्द्रीय सदस्यहरुले सरकार गठन भएको ६ महिना भइसके पनि सरकार र पार्टीको कुनै सहकार्य र आपसमा छलफल समेत नभएकोमा पनि असहमति जनाएका छन्। ‘सरकारको साझा न्युनतम कार्यक्रम र वजेट समेत आएको छ’ पत्रमा भनिएको छ, ‘तर त्यस विषयमा पार्टीले संस्थागत निर्णय गरेको छैन ।’
केन्द्रीय समिति बैठक बोलाउन माग गर्ने केन्द्रीय सदस्यमा श्रेष्ठ, केसी, पार्वति डिसि चौधरी, जीवनबहादुर शाही, चन्द्र भण्डारी, अम्विका बस्नेत, शंकर भण्डारी, सुजाता परियार, मीन विश्वकर्मा, इश्वरी न्यौपाने, मानबहादुर विश्वकर्मा, अजयकुमार चौरसिया, महालक्ष्मि उपाध्याय, लक्ष्मि राई, पुष्पा भुषाल, दिपक गिरी, भिष्मराज आङदम्वे, सुर्यमान गुरुङ, धनराज गुरुङ, सुरेन्द्र पाण्डे, सिता गुरुङ लगायत छन् ।















प्रतिक्रिया