२९ आश्विन २०८३, बिहिबार

बैदेशिक रोजगारीले बिग्रदै छ दाम्पत्य सम्बन्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bides-Sambandhaविराटनगर, २४ साउन । मोरङको शनिश्चरे १ स्थित भुटानी शरणार्थी शिविरकी सञ्चमायाँ गुरुङले पति थमन गुरुङसँग जिल्ला अदालत मोरङमा सम्बन्ध विच्छेद गरिन्।

तेस्रो मुलुक पूर्नवासका लागि भुटानी शरणार्थीलाई अमेरीका लगिने भएपछि उनले अमेरीका जानलाई आफ्नै पति त्यागिन। शरणार्थी भएर नेपालीसँग विवाह गरेमा अमेरीका जान नपाउने भएपछि उनले पति त्यागेर अमेरीका रोजेकी हुन्।

शरणार्थीले अमेरीका जानका लागि नेपालीसँग विवाह भएमा सम्बन्ध विच्छेदपछि मात्र जान पाउने नियम भएकाले सञ्चमायाँको रोजाईमा पति भन्दापनि अमेरीका परेको हो।

त्यस्तै उर्लावारी १ का राजकुमार क्षेत्री बोहरासँग विवाह गरेकी झापाको बेलडाँगी शरणार्थी शिविरकी सनकुमारी सुव्वाले पनि अमेरीका जाने चक्करमा पति नै त्यागिन। उनीहरु दुई जनाको पनि जिल्ला अदालत मोरङबाट सम्बन्ध विच्छेद भइसकेको छ।

पारिवारकी सल्लाहमा दुई वर्ष दुवई बसेर आएकी मोरङको सुन्दरदुलारी नगरपालिका ८ की दुर्गा कार्की निरौलाले पनि दुवईबाट फर्कनसाथ पति सुन्दरदुलारी ४ का गोविन्द निरौलासँग सम्बन्ध विच्छेद गरिन्।

साथमा तीन छोरी हुँदाहुँँदै निरौला दम्पत्तीले पनि सम्बन्ध विच्छेद गराए। दुर्गाले अदालतमा सम्बन्ध विच्छेदका लागि दिएको जाहेरीमा सन्तानका नाममा छोरीमात्र भएकाले परिवारबाट अपहेलित हुनु परेको, पतिको सम्बन्ध अर्क सँग रहेको लगायतका कारणले सम्वन्ध विच्छेद गर्नु परेको खुलाइएको छ।

यी माथिका तीन घटना भुटानी शरणार्थीको तेस्रो मुलुक पूर्नवास र बैदेशिक रोजगारीका कारण पति पत्नी विचमा निम्तिएको दाम्पत्य सम्वन्धको समस्याका उदाहरण हुन्।

तेस्रो मुलुक पूर्नवास र बैदेशिक रोजगारीका कारण पछिल्लो समयमा एकआपसमा खटपट भएर सम्बन्ध विच्छेद गरेर दाम्पत्य सम्बन्ध बिग्रने क्रम बढेर गएको छ।

शरणार्थी भएर नेपालीसंग विवाह गरेका कारण अमेरीका जान नपाउने भएपछि सम्वन्ध विच्छेद गरेर अमेरीका जाने क्रम बढेको हो।

सम्वन्ध विच्छेद गरेको प्रमाण पेश गर्दा अमेरीका जान सजिलो हुने भएपछि नेपाली पुरु षसंग विवाह गरेका शरणार्थी महिला वा नेपाली महिलासंग विवाह गरेका शरणार्थी पुरु ष सम्वन्ध विच्छेद गर्दै दाम्पत्य जीवन समाप्त पारेर अमेरीका जाने ध्याउन्नमा लाग्ने गरेको पाइएको अदालत स्रोतले बतायो।

पुरुषले सम्बन्ध विच्छेद गर्न सजिलो नभएपछि धेरै जसो घटनामा महिलालाई बाध्य पारेर सम्वन्ध विच्छेद गर्ने गरेको पाइएको अदालतका एक कर्मचारीले बताए।

त्यस्तै बैदेशिक रोजगारीका लागि गएका पुरु ष वा महिला दुवैको पारिवारीक सम्वन्ध विग्रने क्रम बढेको पाइएको छ। बैदेशिक रोजगारीमा पुगेर फर्किएका पुरु ष हुन वा महिला घर आईपुगेपछि वा नआईपुगिकन सम्वन्ध विग्रने गरेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

विभिन्न कारणले उत्पन्न विवादले अन्त्यमा सम्वन्ध विच्छेद सम्मको अवस्था सृजना गर्ने गरेको अदालतका कर्मचारीहरूको भनाइ छ।