२९ आश्विन २०८३, बिहिबार

चरी हत्या प्रकरण: संसद अबरुद्ध गर्ने चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chari-Uml-bigकाठमाडौं, २४ साउन । नेकपा एमालेका सांसद्हरुले ‘गुण्डा नाइके’ दिनेश अधिकारी चरीको हत्या छानबिनका लागि संसदीय समिति गठन नभए व्यवस्थापिका संसद्को बैठक नै चल्न नदिने चेतावनी दिएका छन्।

गृहमन्त्री बामदेव गौतमले व्यवस्थापिका संसदमा दिएको जवाफ प्रहरीले तयार पारिदिएको ‘रेडिमेट भएको बताउँदै उनीहरूले संसदीय समिति गठनको माग गरेका हुन्।

व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा गृहमन्त्री गौतमले सम्बोधन गर्दै अधिकारी ‘इन्काउन्टर’मा मारिएको बताएका थिए। अधिकारीविरुद्ध काठमाडौं जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा विभिन्न मुद्दा विचाराधीन रहेको अवस्थामा ज्यान मार्ने धम्की दिएर रकम असुली गर्ने काम जारी राखेको र अवैध हातहतियार भित्र्याएको सूचना पाएर प्रहरीले खोजीको सूचीमा राखेको गृहमन्त्री गौतमले संसदमा जानकारी गराएका थिए।

भीमढुंगाबाट धादिङतर्फ जान लागेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी परिचालित गर्दा पल्सर मोटरसाइकलमा सवार भएको अवस्थामा प्रहरीलाई शंका लागि पक्राउ गर्न खोज्दा निजले प्रहरीतर्फ गोली प्रहार गरेकाले प्रहरीले जवाफी कारबाही गर्दा मृत्यु हुन गएको हो,’ गौतमले लिखित जवाफ दिँदै संसदमा भनेको समाचार आजको नागरिक दैनिकले छापेको छ ।

अधिकारी २०६२ देखि नै विभिन्न अपराधमा संलग्न भएको र केहीमा दोषी ठहर भई कारबाहीसमेत भोगिसकेका व्यक्ति भएकोसमेत गौतमको भनाइ थियो।

तर नेकपा एमालेका सांसद् राजेन्द्र पाण्डेले मन्त्रीको जवाफ सकिनासाथ उठेर विरोध गर्दै पुलिसले लेखेर दिएको आधारमा नहुने बताउँदै संसदीय छानबिन समिति गठनको माग गरेका थिए।