२९ आश्विन २०८३, बिहिबार

दिनेश र सतिश सेमिफाइनलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tekondoकाठमाडौं, २४ साउन । साइप्रसका दिनेश तामाङ र अरुणोदयका सतिश गुरुङ दोश्रो काठमाडौं जिल्लास्तरीय अन्तरविद्यालय तेक्वान्दो प्रतियोगिताको पुरुष ५१ केजीमुनि सेमिफाइनलमा प्रवेश गरेका छन् ।

उनीहरुसंगै कौशल स्कुलका मिलन लामा र सेलिब्रेसनका सोनाम तामाङ पनि अन्तिम चारमा पुगे ।

काठमाडौं जिल्ला तेक्वान्दो संघद्वारा शुक्रबार आयोजित प्रतियोगिताको महिला ३४ केजीमुनि दीपज्योतिकी सब्नम पुन, ब्लु बेलकी एन्जिला पुन, विश्व निकेतनकी प्रिया तामाङ तथा जनज्योतिकी अस्मिता महर्जन सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।